Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार(रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा बुझाउदै

(रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा बुझाउदै


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजीनामा बुझाउने भएका छन् । उनीहरु राजिनामा दिन बालुवाटार पुगिसकेका छन्।प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका ४ जना मन्त्री छन् । मन्त्रीहरुसँगै उपसभापति डा। स्वर्णिम वाग्ले र सचेतक सन्तोष परियार पनि बालुवाटार पुगेका छन् । सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x