Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा फेरि नयाँ रेकर्ड

भारतीय सेयरबजारमा फेरि नयाँ रेकर्ड


नयाँ दिल्ली । भारतीय सेयरबजारले बुधबार पनि नयाँ उचाइ कायम गर्र्दै रेकर्ड बनाएको छ । भारतका दुई प्रमुख सेयरबजार सूचकहरु सेन्सेक्स र निफ्टी बढेर नयाँ रेकर्ड बनाएका हुन् ।

कारोबारको क्रममा सेन्सेक्स ८० हजार ७४ विन्दु र निफ्टी २४ हजार तीन सय सात विन्दुसम्म पुगेका थिए । तर, कारोबार बन्द हुँदासम्म केही तल झ¥यो र सेन्सेक्स ७९ हजार नौ सय ८६ विन्दु र निफ्टी २४ हजार दुई सय ८६ विन्दुमा बन्द भएका छन् । यी दुवै विन्दु अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु हुन् ।

सेन्सेक्समा ३० मध्ये २४ वटा समूह उकालो लागेका छन भने छवटा घटेका छन् । बैंकिङ, पावर र मेटल समूहका सेयरमा अधिक तेजी देखिएको छ ।

भारतमा बुधबार निजी क्षेत्रको सबैभन्दा ठूलो एचडीएफसी बैंकको सेयरभाउमा उछाल आएपछि समग्र सेयरबजार पनि बढेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा सेयरबजारले मंगलबार पनि उच्च विन्दु बनाएको थियो । पछिल्लो सात महिनामा सेन्सेक्स ७० हजार विन्दुबाट ८० हजारसम्म पुगेको छ । सन् २०२३ डिसेम्बर ११ मा सेन्सेक्स ७० हजार विन्दुमा थियो । जुन ३ जुलाईमा ८० हजार छोयो । पछिल्लो एक वर्षमा सेन्सेक्स २२ प्रतिशत बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x