Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘मौद्रिक नीति सबै समस्या समाधान गर्न जादुको छडी होइन’

‘मौद्रिक नीति सबै समस्या समाधान गर्न जादुको छडी होइन’


काठमाडौं,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको सबै समस्या समाधान गर्न मौद्रिक नीति ‘जादुको छडी’ नभएको बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या रहेको र सबै क्षेत्रको समस्या मौद्रिक नीतिमार्फत मात्रै समाधान नहुने बताएका हुन् ।अर्थतन्त्रको समस्या समाधान गर्नका लागि मौद्रिक नीतिबाट गर्न सकिने हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्र बैंकले गर्नुपर्ने काम गरिरहेको र केही समस्या पुराना कारणले सिर्जना भएको बताए ।

बैंकहरूले क्षमताभन्दा बढी कर्जा दिएको, ऋणीको क्षमता मूल्याङ्कन प्रभावकारी नभएको कारण अहिले कर्जा असुलीमा समस्या देखिएको बताए । हिजोको दिनमा ग्राहकको क्षमताभन्दा बढी कर्जा दिइएकाले समस्या आएकोले अब त्यस्तो गल्ती नदोहो¥याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।बैंकहरूको नाफा घट्दै गएको बारे पनि गभर्नर अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीको कर्जा तिर्नसक्ने क्षमतामा कमी आएकाले बैंकहरू नयाँ कर्जा दिन डराएको भन्दै आगामी मौद्रिक नीतिमार्फत सहजीकरण गरिने प्रतिबद्धता जनाए ।अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नपर्ने सबै विषयलाई समेटेर अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति तर्जुमा हुने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x