Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला


चितवन । ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । विसं २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रस्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले आइतबार एक कार्यक्रमका बीच सो दरबार सर्वसाधारणको लागि खुला गरेका हुन् । कार्यक्रममा पर्यटनमन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्याउने बताए । चितवन जिल्ला जैविक, धार्मिक र आध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रूपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो । मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व–पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनका लागि उपयोग गरेको ठाउँ अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । देशको मध्यभागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने उनको विश्वास थियो ।

यस्तै, महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पूरा भएको बताइन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रूपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवागमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । अब पर्यटकीय गन्तव्यहरू क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन् । नेपाल ट्रस्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् ।

भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेषगरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन््रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्गपारि थप पाँच बिघा जमिन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x