चीन र श्रीलङ्कासँग डिजिटल कारोबारसम्बन्धी सम्झौता हुँदै
काठमाडौं, नेपाल राष्ट्र बैंकले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी अन्तिम तयारी भइरहेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् । भारतसँग डिजिटल कारोबार सुरु भइसकेको उल्लेख गर्दै गभर्नर अधिकारीले अब चीनको ‘अलि पे’ र श्रीलङ्काको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता गर्न अन्तिम तयारी भइरहेको जानकारी दिएका हुन् ।
गभर्नर अधिकारीले नेपालमा भारतीय पाँच सयभन्दा ठूला दरका नोटको कारोबार खुलाउनेबारे भारतीय रिजर्भ बैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा तथ्य, तथ्याङ्क र व्यवहारको वस्तुनिष्ठ विश्लेषण गरिने गभर्नर अधिकारीले बताए । निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शनको व्यवस्था खुकुलो बनाउनुपर्ने माग राखेको भए पनि साना ऋणीलाई यो मार्गदर्शनले समस्या नपारेको उनले बताए । बैंक र सेवाग्राहीबीचको सम्बन्ध हेर्ने गरी राष्ट्र बैंकमा छुट्टै शाखा स्थापना गरिएको जानकारी दिँदै उनले कोही पनि सेवाग्राही बैंकको व्यवहारबाट समस्यामा परे उजुरी गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितिमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिए ।
अध्यक्ष ढकालले उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनभन्दा औद्योगिक प्रयोजनका लागि कर्जाको ब्याजदर कम गर्नेगरी मौद्रिक नीति ल्याइनुपर्ने माग गरे । समग्र मागमा आएको सङ्कुचनको कारण उद्योगीको ऋण तिर्ने क्षमता ह्रास भएको भन्दै अध्यक्ष ढकालले त्यसलाई सम्बोधन गर्न आग्रह गरे । कर्जाको ब्याजदर घटे पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दाे मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेको अध्यक्ष ढकालले बताए । उनले पुराना लगानीकर्तालाई थप लगानी गर्ने र नयाँ लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । माग सिर्जना गर्न गाउँ र साना सहरमा कर्जा सुविधा विस्तार गर्न बैंकहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सहकारी र लघुवित्तमा देखिएकोे समस्याका कारण बजारमा नगद प्रवाह हुन नसकेकोले मौद्रिक नीतिले यसलाई समेट्नुपर्ने धारणा राखे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया