Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?


वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कअनुसार गत वैशाखसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५५ करोड ३० लाख रुपैयाँले बढी हो । गतवर्ष वैशाखमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १३ अर्ब १९ करोड २० लाख रुपैयाँ थयो ।यस अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एनआईसी एसिया बैंकको छ भने स्टान्डर्ड चार्टर्डको गैरबैंकिङ सम्पत्ति शून्य छ । एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति चार अर्ब ४१ करोड ४९ लाख रुपैयाँ छ । एक वर्षअघि एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति तीन अर्ब ३१ करोड २२ लाख ९० हजार रुपैयाँ थियो ।
ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । ग्लोबल आईएमईको २०८० वैशाख मसान्तमा ९५ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको गैर–बैंकिङ सम्पत्ति २०८१ वैशाखमा बढेर तीन अर्ब २५ करोड ११ लाख ४० हजार रुपैयाँ पुगेको छ । नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति गत वैशाख मसान्तमा १५ करोड ५४ लाख ५० हजार रुपैयाँ छ । एक वर्षअघि १८ करोड ६९ लाख ५० हजार रुपैयाँ थियो ।

राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ । एक वर्षअघि १९ करोड ७५ लाख १० हजार रुपैयाँ रहेकोमा गत वैशाखमा घटेर १८ करोड ४७ लाख ९० हजार रुपैयाँबराबर छ ।नबिल बैंकको गैरबैंकिङ सम्पत्ति गत वैशाखमा एक अर्ब ६४ करोड ५६ लाख ४० हजार रुपैयाँबराबर छ । २०८० वैशाखमा यस्तो सम्पत्ति एक अर्ब ३३ करोड ७५ लाख ५० हजार रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति दुई अर्ब २९ करोड ९२ लाख ६० हजार रुपैयाँ छ । एक वर्षअघि एक अर्ब ११ करोड ८४ लाख ६० हजार रुपैयाँ थियो । हिमालयन बैंकको एक वर्षअघि २०८० वैशाखमा ३३ करोड ३७ लाख १० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति रहेकोमा २०८१ वैशाखमा बढेर एक अर्ब ४५ करोड १२ लाख ३० हजार रुपैयाँ पुगेको छ । नेपाल एसबीआई बैंकको सात करोड ६५ लाख ५० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि एसबीआईको गैरबैंकिङ सम्पत्ति ६९ लाख रुपैयाँबराबर थियो ।

एक वर्षअघि गैरबैंकिङ सम्पत्ति नरहेको एभरेष्ट बैंकमा अहिले २८ करोड ९८ लाख रुपैयाँबराबर छ । माछापुच्छ«े बैंकको पनि गैरबैंकिङ सम्पत्ति बढेर एक अर्ब ४५ करोड सात लाख ६० हजार रुपैयाँ पुगेको छ । एक वर्षअघि २०८० वैशाखमा माछापुच्छ«ेको यस्तो सम्पत्ति ३९ करोड १६ लाख ९० हजार रुपैयाँबराबर थियो । कुमारी बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्ब नौ करोड ८७ लाख २० हजार रुपैयाँबाट बढेर एक अर्ब ८८ करोड दुई लाख ४० हजार रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइजको एक वर्षअघि पाँच लाख ४० हजार रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेकोमा गत वैशाखसम्म बढेर एक अर्ब ३४ करोड २९ लाख २० हजार रुपैयाँ पुगेको छ ।

२०८० वैशाखमा ३३ करोड ८२ लाख ४० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति रहेको सिद्धार्थ बैंकमा अहिले ६९ करोड ५१ लाख रुपैयाँ छ । कृषि बिकास बैंकको गैरबैंकिङ सम्पत्ति २५ करोड १८ लाख रुपैयाँबराबर छ । जुन एक वर्षअघि २५ करोड २५ लाख रुपैयाँ थियो । सिटिजन्स बैंक इन्टरनेसनलको ५२ करोड ८२ लाख ९० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि २३ करोड सात लाख रुपैयाँ थियो । प्र्राइम कमसियल बैंकको दुई अर्ब २२ करोड दुई लाख ७० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि एक अर्ब नौ करोड छ लाख ४० हजार रुपैयाँबराबर थियो । एनएमबी बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । एक वर्षअघि ४९ करोड ८२ लाख १० हजार रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति अहिले ७७ करोड ८१ लाख ६० हजार रुपैयाँ थियो । प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति पनि एक वर्षमा ४५ करोड ५३ लाख रुपैयाँबाट बढेर ६७ करोड २८ लाख १० हजार रुपैयाँबराबर पुगेको छ । सानिमा बैंकको गैरबैंकिङ सम्पत्ति पनि एक वर्षमा १८ करोड ९७ लाखबाट बढेर ४० करोड १८ लाख २० हजार रुपैयाँबराबर पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x