Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअर्थतन्त्र चलायमान बनाउने मन्त्रालय एमालेको जिम्मामा

अर्थतन्त्र चलायमान बनाउने मन्त्रालय एमालेको जिम्मामा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सत्ता गठबन्धन नेपाली कांग्रेस र एमालेले मन्त्रालयको भागबण्डा पनि टुङ्गोमा पु¥याएका छन् । प्रधानमन्त्रीका रूपमा ओलीले शपथ दिएकै दिन सोमबार मन्त्रालय विस्तार हुनेछ । प्रधानमन्त्रीका रूपमा ओलीले सोमबार बिहान ११ बजे शपथ लिने कार्यक्रम छ । स्रोतका अनुसार एमाले र कांग्रेसको जिम्मामा रहेका सबै मन्त्रालयमा सोमबार नै मन्त्रीहरू नियुक्त हुनेछन् । एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ र भौतिकलगायतका अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयहरू परेका छन् । एमालेले अर्थको साथै भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी लिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा भौतिक मन्त्रालयमातहतका सडक कार्यालयहरूले निर्माण व्यवसायीलाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

चालू आवमा उक्त रकम भुक्तानी भएको थियो भने बजारमा पैसा गएर अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्नेथियो । तर, अर्थ मन्त्रालयका अधिकारीहरूको लापरबाहीको कारण कतिपय निर्णय भएका फाइलहरू पनि एलएमबीआईएसमा प्रविष्टि हुन पाएको छैन । प्रधानमन्त्री पाएको एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । यी मन्त्रालयहरूले राम्रोसँग काम गर्ने हो भने अर्थतन्त्र सुधार गर्न सहयोग गर्नेछ । नेपाली कांग्रेसले भने गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन तथा संसदीय मामला रहेको छ । बाँकी मन्त्रालय सरकारमा आउने दलहरूलाई राखिएको स्रोतको दाबी छ ।

कांग्रेस र एमालेले समान आठ÷आठवटा मन्त्रालय पाएका छन् । बाँकी मन्त्रालयहरू भने सरकारमा सहभागीहरूलाई अन्य दललाई दिने योजना कांग्रेस र एमालेका शीर्ष नेतहरूले बनाएका छन् । ओली आफ्नो राजनीतिक जीवनमा चौथो पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएर २०७३ साउन १९ गतेसम्म बहाल रहेका थिए । दोस्रो पटक २०७४ साल फागुन ३ गतेदेखि २०७८ वैशाख ३० गतेसम्म प्रधानमन्त्री थिए भने तेस्रो पटक २०७८ वैशाख ३० गतेदेखि २०७८ असार २९ गतेसम्म प्रधानमन्त्री भएका थिए । २०७८ असार २९ गते उनी संसद्बाट नभई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेका थिए । एमालेले अर्थ मन्त्रालय लिने पक्का भएपछि आइतबार सेयरबजारमा ठूलो कारोबार भएको छ भने कारोबार रकममा पनि अत्यधिक वृद्धि भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, शेयर बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x