बैंकमा पैसा थुप्रियो ऋण माग्न कोही आएनन्
बैंकिङ प्रणालीमा निक्षेप ६४ खर्ब ५७ अर्ब रूपैयाँ पुगेको छ । असार लागेपछि मात्रै प्रणालीमा सवा दुई खर्ब रूपैयाँ थपिएको छ । जेठ मसान्तमा ६२ खर्ब ४२ अर्ब रहेको निक्षेप २६ दिनपछि ६४ खर्ब ५७ अर्ब रूपैयाँ पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा सरकारी भुक्तानी बढेपछि बैंकिङ प्रणालीमा पनि पैसा थुप्रिन पुगेको हो । एक वर्षमा निक्षेप छ खर्ब ८६ अर्ब रूपैयाँ बढेको छ । २०८० असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब रूपैयाँ थियो ।बैंकमा पैसा जम्मा हुने क्रम जारी रहे पनि ऋण माग्नको संख्या अति न्यून छ । असार महिनाको २६ दिनमा बैंकहरूको कर्जा १६ अर्ब रूपैयाँ बढेको छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा निजी क्षेत्रबाट कर्जाको माग निकै कम छ । यही कारण कर्जा विस्तार सुस्त भएको देखिन्छ । यस आर्थिक वर्षमा बैंकहरूको कर्जा दुई खर्ब ७९ अर्ब रूपैयाँ बढेको छ । २०८० असारमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४८ खर्ब ७८ अर्ब रूपैयाँ थियो भने २०८१ असार २६ गते ५१ खर्ब ५० अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ७५ प्रतिशत छ । सीडी रेसियोअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब ६१ अर्ब रूपैयाँ लगानीयोग्य रकम छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्त गर्न वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता राखेको थियो । विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलप पाँच प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य राखेको थियो । तर, कर्जा प्रवाह लक्ष्यअनुसार हुन सकेको छैन । अधिक तरलताको स्थिति हुँदा बैंकहरूलाई तरलता व्यवस्थापनमा सकस परेको छ भने केन्द्रीय बैंकले अहिले पनि तीन खर्ब ५७ अर्ब ३० करोड रूपैयाँ प्रणालीबाट प्रशोचन गरेको छ ।मौद्रिक नीतिको लक्ष्य हासिल गर्न कर्जा विस्तार तीव्र हुनुपथ्र्यो । तर, बजारमा कर्जाको माग नै छैन । निजी क्षेत्रले कर्जा लिएर उद्योग व्यवसाय गर्ने अवस्था नरहेकाले कर्जाको माग गर्न नसकेको बताउँदै आएका छन् । ब्याजदर सस्तो भएको छ । बैंकरहरूले यही अवस्था रहिरहे अझै ब्याजदर घट्ने बताउन थालेका छन् । आगामी आर्थिक वर्षको सुरुका महिनामा कर्जाको माग भएन भने ब्याजदर थप घटाउनुको विकल्प नहुने बैंकहरू बताउँछन् ।
प्रणालीमा अधिक तरलता हुन थालेपछि बैंकहरूबीच हुने कारोबार पनि घटेको छ । यही कारण अन्तरबैंक कारोबारको औसत ब्याजदर तीन प्रतिशतभन्दा कम नै छ । असार २६ गतेसम्मको तथ्याङ्कअनुसार अन्तर बैंक कारोबारको ब्याजदर दुई दशमलव ९८ प्रतिशत छ । वाणिज्य बैंकहरूको कुल निक्षेप ५७ खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ भने यस अवधिमा ४५ खर्ब ५५ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सात खर्ब २८ अर्ब पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीले असार २६ गतेसमम प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ९५ अर्ब रूपैयाँ छ ।बैंक तथा वित्तीय संस्थाले एकातिर प्रणालीमा निक्षेप तीव्र बढ्ने र कर्जाको माग नहुने स्थितिको सामना गरिरहेका छन् भने अर्कोतिर पुरानो कर्जाको साँवाब्याज उठाउन सकस परिरहेको छ । यस्तो अवस्थामा खराब कर्जा बढेको छ भने त्यसबापत बढी रकम प्रोभिजनिङ गर्नु परिरहेको छ । जसले गर्दा बैंकहरूको नाफामा असर पार्ने देखिन्छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा यी विषयमा ध्यान दिनुपर्ने माग बैंकरहरूको छ । निजी क्षेत्रले पनि कर्जा विस्तारमा लचक बन्न केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया