Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदयुरोकपको उपाधि स्पेनलाई

युरोकपको उपाधि स्पेनलाई


युरोकपको २०२४ को उपाधि स्पेनले हात पारेको छ । जर्मनीको बर्लिनमा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको हो । स्पेनका लागि खेलको ४७औं मिनेटमा निको विलियम्स र ८६औं मिनेटमा ओयाबाजलले गोल गरेका थिए ।

इंग्ल्याण्डका कोल पाल्मरले ७३औं मिनेटमा एक गोल फर्काए पनि जितका लागि प्रयाप्त हुन सकेन । । स्पेनले योसँगै चौथो पटक युरो च्याम्पियन बन्न सफल भयो।स् पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

 

 


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x