स्काउटको जग्गाबाट कमाउँदै आएका खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मा
नेपाल स्काउटको जग्गा आफ्नो स्वामित्वमा लिएर भाडा लगाउँदै आएका नेपाली कांग्रेसका सांसद दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सिफारिसमा खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर २६, लैनचौरस्थित स्काउटको जग्गा एवं सम्पत्ति विगत छ वर्षदेखि कब्जा गर्दै आएका छन् । खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ले २०६५ सालमा भाडामा लिने सम्झौता गरी सो जग्गा कब्जा गरेको हो । तीन रोपनी जग्गा न्यून भाडादरमा सम्झौता गरी आफ्नो कम्पनीमार्फत कब्जा लिँदै आएका खड्काले सम्झौता सकिएपछि पनि जबर्जस्ती कब्जामा लिँदै आएका थिए । सम्झौता अवधिलाई किर्ते गर्दै उनले समयावधि थप गरे पनि उक्त सम्झौता भने द्विपक्षीय नभएको स्काउटका अधिकारीहरूले बतएका छन् । खड्काले अदालतको आदेश स्काउटको पक्षमा आउँदा समेत शक्तिको आडमा जग्गा कब्जा गरिरहेका छन् ।
२०७९ असारमा उच्च अदालतले स्काउटको पक्षमा फैसला गरेपछि पनि जग्गा स्काउटले भोगचलन गर्न पाएको छैन । उच्चको फैसलापछि राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको स्काउटका संयोजक लोकबहादुर भण्डारीले बताएका थिए । भण्डारीले नै स्काउटका पूर्वपदाधिकारी र पूर्वकर्मचारी प्रमुखले किर्ते गरी १० वर्षको सम्झौतालाई १५ वर्ष बनाएको र अदालतले सो कुरालाई प्रमाणित गरेको बताएका थिए । २०७५ सालमा सम्झौता सकिएपछि पनि किर्ते सम्झौतालाई आधार मानी खड्काले जग्गा हडप्दै आएका थिए भने अदालतको आदेशलाई समेत बेवास्ता गर्दै आएका छन् ।
खड्काले कब्जा गरेको जग्गा आफू र कांग्रेसका कार्यकर्ताले समेत प्रयोग गर्दै आएका छन् । आफ्नो चरित्रहत्या गर्नका लागि जग्गा कब्जा गरेको विषय सार्वजनिक गरेको भन्दै आएका खड्काले पछिल्लो समय जग्गा भाडामा लिएको बताएका थिए । गत वैशाखमा पत्रकार सम्मेलनमार्फत उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा भाडामा लिएर सहयोग गरेको बताएका छन् ।
राज्यले सम्झौता अवधि हुँदाहुँदै व्यवसायीलाई लखेटेर लगानीको वातावरण नबनाएको आरोप उनले लगाएका थिए । ‘एमाले सरकार आएपछि स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएसँगै यस्तो समस्या आएको हो, यसअघि १२ वर्षसम्म कुनै समस्या थिएन’, उनको भनाइ छ ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दीर्घकालीन नीति कार्यान्वयनमा लागि सहज वातावरण निर्माण गर्ने बताएका छन् । त्यसका लागि सहज वातावरण सिर्जना गरी सुशासन तथा विकासका लागि तत्कालीन एवं दीर्घकालीन कार्ययोजना तयार गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । यसका लागि मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा मन्त्रालय र मन्त्रालय मातहतका निकायका प्रमुखहरू सम्मिलित नौ सदस्यीय कार्यदल गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया