रसुवाबाहेक सबै जिल्लामा कोभिड–१९ सङ्क्रमण, सङ्क्रमितको संख्या साढे नौ हजार नाघ्यो
काठमाडौं, असार ९
नेपालमा एकै दिन पाँच सय ३५ जना कोरोना संक्रमितको संख्या थप हुँदा संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । सोमबारसम्म देशका ७६ जिल्लामा कोरोना देखिएको छ । अब रसुवा जिल्लामा मात्र कोरोना संक्रमित देखिएका छैनन् । चीनसँग सीमाना जोडिए पनि लकडाउनको सुरुवातदेखि नै आवतजावतमा कडाइ गरिएको कारण रसुवामा कोरोना संक्रमित नदेखिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको जानकारी दिँदै रसुवा अहिलेसम्म कोरोनामुक्त जिल्ला भएको बताएका हुन् । सङ्क्रमितको सङ्ख्या नौ हजार ५ सय ६१ पुगेकोमध्ये आठ हजार ६ सय ६७ पुरुष र ८ सय ९४ महिला रहेका छन् ।
यसैगरी एक लाख ८१ हजार ३ सय ७१ जनामा पीसीआर र दुई लाख ६८ हजार १ सय ३ जनामा आरडीटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पीसीआर छ हजार १ सय ९८ र आरडीटी पाँच हजार ९ नौ सय २९ जनामा गरिएको छ । यस्तै ९० हजार ३ सय ७० जना क्वारेन्टाइन र सात हजार ७ सय ८९ जना आइसोलेसनमा रहेका छन् ।
यसैबीच, कोभिड– १९ बाट निको भएर घर फर्किने सङ्ख्या सोमबार अहिलेसम्मकै धेरै रहेको छ । एकैदिन ३ सय ७० जना घर फर्किएका छन् । तीमध्ये ३ सय ३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् । आइतबार मात्र १ सय ९४ जना डिस्चार्ज भएका थिए । सोमबार डिस्चार्ज भएर घर फर्किनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २ सय ६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २ सय ४६ पुरुष रहेका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया