Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक वर्षमा थपिए ४८ लाख निक्षेप खाता

एक वर्षमा थपिए ४८ लाख निक्षेप खाता


काठमाडौं,  एक वर्षमा बैंक तथा वित्तीय सस्थामा ४८ लाखभन्दा बढी निक्षेप खाता थपिएका छन् । राष्ट्र बैंकका अनुसार २०८० असार १ गतेदेखि २०८१ जेठ मसान्त्सम्म वाणिज्य बैंकहरूमा ३९ लाख ६६ हजार, विकास बैंकहरूमा सात लाख ३८ हजार र फाइनान्स कम्पनीहरूमा एक लाख चार हजार निक्षेप खाता थपिएकोे छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या पाँच करोड ५४ लाख ७५ हजार नौ सय १८ पुगेको छ । यो संख्या २०८० जेठ मसान्तमा पाँच करोड पाँच करोड छ लाख ६६ हजार दुई सय पाँच थियो । गत जेठसम्म सञ्चालनमा रहेका खातामध्ये वाणिज्य बैंकमा चार करोड ७५ लाख १२ हजार छ । एक वर्षअघि वाणिज्य बैंकहरूमा चार करोड ३५ लाख ४६ हजार खाता थिए ।

विकास बैंकहरूको खाता संख्या ७० लाख ८४ हजार छ । एक वर्षअघि ६३ लाख ४५ हजार निक्षेप खाता थियो । फाइनान्स कम्पनीहरूमा गत जेठसम्म आठ लाख ७८ हजार निक्षेप खाता सञ्चालनमा छन् । एक वर्षअघि सात लाख ७४ हजार निक्षेप खाता थिए । २०८१ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा १९ लाख एक हजार ५१ वटा कर्जा खाता सञ्चालनमा छन् । एक वर्षअघिको तुलनामा ४५ हजार दुई सय ७१ वटाले बढी हो । २०८० जेठ मसान्तमा कुल कर्जा खाता १८ लाख ५५ हजार सात सय ८० वटा थियो । वाणिज्य बैंकहरूमा १५ लाख ७१ हजार ३८, विकास बैंकहरूमा दुई लाख ८६ हजार नौ सय ६७ र फाइनान्स कम्पनीहरूमा ४३ हजार ४६ वटा कर्जा खाताहरू सञ्चालनमा छन् । एक वर्षअघि वाणिज्य बैंकहरूसँग ४३ हजार छ सय ८५, विकास बैंकहरूमा एक सय ३३ र फाइनान्स कम्पनीहरूमा एक हजार चार सय ५३ कर्जा खाता सञ्चालनमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x