६१ प्रतिशत बढ्यो वैदेशिक लगानी प्रतिबद्धता
नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता बढेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० कोे तुलनामा ६१ दशमलव १७ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा विदेशी लगानीस्वरूप ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ आएको थियो । विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आएको प्रतिबद्धता २२ हजार ९४ जनालाई रोजगारी दिनेगरी चार सय सातवटा उद्योग सञ्चालन गर्नको लागि आएकोे हो । आर्थिक वर्ष २०७९÷८० मा तीन सय २७ वटा उद्योग र १७ हजार १२ जनालाई रोजगारी दिनेगरी लगानी प्रतिबद्धता आएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ को असारमा मात्रै १७ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता ४८ वटा उद्योग र एक हजार नौ सय ४८ जनालाई रोजगारीसहित आएको हो । आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता पर्यटनमूलकलाई आएको छ भने त्यसपछि क्रमशः सेवा, सूचना प्रविधि, उत्पादन, पूर्वाधारमूलक र कृषिमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि आएको छ । पर्यटनमूलक उद्योगमा चार अर्ब ४२ करोड ३२ लाख रुपैयाँ, सेवामूलक उद्योगमा दुई अर्ब ९६ करोड रुपैयाँ, सूचना प्रविधिमूलक उद्योगमा ४१ करोड ३० लाख ३० हजार रुपैयाँ, उत्पादनमूलक उद्योगमा २८ करोड रुपैयाँ, पूर्वाधारमूलक उद्योगमा दुई करोड रुपैयाँ र कृषिमूलक उद्योगमा दुई करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता ६९ वटा पर्यटनमूलक, ३५ वटा सेवामूलक, २८ वटा सूचना प्रविधिमूलक, पाँचवटा उत्पादनमूलक, एउटा पूर्वाधारमूलक र एउटा कृषिमूलक उद्योग स्थापना तथा सञ्चालनको लागि आएको हो ।
आर्थिक वर्ष २०७९÷८० मा कृषिमूलकमा एक अर्ब ६७ करोड ८२ लाख रुपैयाँ, निर्माणमूलकमा १३ करोड ३१ लाख रुपैयाँ, ऊर्जामूलकमा एक खर्ब १२ अर्ब ६८ करोड रुपैयाँ, सूचनामूलकमा एक अर्ब सात करोड २४ लाख रुपैयाँ, खनिजमूलकमा ७६ करोड ४७ लाख रुपैयाँ, उत्पादनमूलकमा ४१ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ, सेवामूलकमा ३० अर्ब ८२ करोड ३३ लाख रुपैयाँ र पर्यटनजन्यमा २५ अर्ब २७ करोड ४५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रतिबद्धता १० वटा कृषिमूलक, एउटा निर्माणमूलक, ४५ वटा ऊर्जामूलक, १६ वटा सूचना प्रविधिमूलक, चारवटा खनिजमूलक, एक सय १४ वटा उत्पादनमूलक, ६६ वटा सेवामूलक र ६७ वटा पर्यटनमूलक उद्योगका लागि लगानी आएको छ ।
विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले प्रतिबद्धता रकम धेरै जानउने हुँदा विदेशी लगानी बढ्न पुगेको बताए । ‘लगानी बढ्नुमा भने नेपालमा लगानी गरेर फाइदा रहेको तथ्यलाई अध्ययन गरेर लगानीकर्ता आउँदा लगानी रकम बढेको हो’, निर्देशक धामीले भने, ‘नेपालमा लगानीको वातावरण बन्दै जानु तथा लगानी गर्ने क्षेत्रहरू रहेको हुँदा उद्योग तथा व्यवसाय स्थापना गर्न विदेशी आएको देखिन्छ ।’ स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमार्फत उद्योगमा गरिने लगानी प्रस्तवमा मोटो रकम आउने गरे पनि त्यसको कार्यान्वयन गरेको पाइँदैन । जसले गर्दा लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुँदैन । यसलाई कार्यान्वयन गर्न÷गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरूबीच समन्वय आवश्यक छ । सरकारले उद्योग क्षेत्रमा लगानी बढाउन विभिन्न सभा–सम्मलेन गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । विभागका साथै लगानी बोर्डबाट समेत नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी आउनेगरेको पाइन्छ ।
विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया