टेरामक्स प्रविधि खरिदमा बाँस्कोटा मुछिएपछि अख्तियारको अनुसन्धान सुस्त
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रिया सुस्त भएको छ । उक्त प्रकरणको छानबिनको क्रममा नेकपा एमालेका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको पनि संलग्नता भेटिएपछि समग्र अनुसन्धान प्रक्रिया नै सुस्त भएको स्रोतले जानकारी दिएको छ । टेरामक्स प्रविधि खरिदको विषयमा परेको उजुरीमाथि अख्तियारले सबै कागजात विवरणको छानबिन गर्दा तत्कालीन सञ्चार मन्त्री बाँस्कोटाले टेरामक्स प्रविधि खरिदमा मागेको भन्दा तीन गुणा बढी भुक्तानी गरेको भेटिएको स्रोतले जानकारी दिएको छ ।
उक्त रकम भुक्तानीको विषयमा अख्तियारले बाँस्कोटालाई अनुसन्धानमा ल्याउनुपर्नेमा अहिले मौन बसेको छ । त्यसले गर्दा उक्त प्रविधि खरिदमा मुछिएका अन्य आरोपितहरूले पनि उन्मुक्ति पाउने देखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मोनिटरिङ एन्ड फ्रड नियन्त्रणका लागि इक्विपमेन्ट, सफ्टवेयरसहित परामर्श सेवा खरिद गर्ने’ भन्ने शीर्षकमा २५ करोड माग गरेकोमा बाँस्कोटाले तेब्बर रकम थपेर परामर्शदाता छनोट गरी सम्झौता गर्नका लागि २० करोड रुपैयाँ र प्रविधि तथा परामर्श सेवा प्राप्त गर्न तथा कार्यान्वयन गर्न प्रविधि खरिदका लागि ५० करोड गरेर जम्मा ७० करोड रुपैयाँ स्वीकृत दिएको पाइएको हो ।
अख्तियार स्रोतका अनुसार टेरामक्स प्रविधि खरिद अनियमितताको अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा दर्ता गराउनुपर्नेमा पूर्वमन्त्री बाँस्कोटाको अनुसन्धान प्रक्रियाका कारण भ्रष्टाचार मुद्दा दर्ता हुन सकेको छैन । यो प्रक्ररणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीको समेत संलग्नता भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ ।कानुनी व्यवस्था नै नभएको अवस्थामा कसरी नागरिकको फोन सम्पर्कको विस्तृत विवरण (कल डिटेल रेकर्ड–सीडीआर) र म्यासेज आदानप्रदानको गोप्य विवरणमाथि समेत पहुँच राख्ने प्रविधि भित्र्याउने निर्णय भयो भनी अख्तियारले नीतिगत तहमा समेत अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।
सुरुमा नेपालमा हुने कल बाइपासको अनुगमन र नियन्त्रणका लागि २०७४ साल भदौ २३ गते तत्कालीन सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स प्रविधि स्थापना गराउने नीतिगत निर्णय गराएका थिए । २०७४ को प्रतिनिधिसभाको मंसिरको चुनावपछि सत्ता फेरबदल भयो । प्रतिनिधिसभामा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै गोकुल बास्कोटा सञ्चार तथा सूचनाप्रविधि मन्त्री बने । त्यसपछि बाँस्कोटाले यसअघिको सञ्चारमन्त्रीले गरेको टेरामक्स खरिदप्रक्रिया निरन्तरताको रूपमा अघि बढ्यो । सञ्चार मन्त्रीमा बाँस्कोटा आएसँगै द्रुत गतिमा बजेट स्वीकृतको अनुमति दिएको देखिन्छ ।
२०७५ साल असोज १९ गते नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार तथा सूचना मन्त्रालयमा आफ्नो वार्षिक बजेट स्वीकृतिका लागि फाइल पेस गरेको थियो । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले अघि बढाएको कार्ययोजनाको बुँदा नं. १० मा ‘दूरसञ्चार सेवा र दूरसञ्चारसम्बन्धी यन्त्र तथा उपकरणको स्तर तोक्ने, गुणस्तर निर्धारण तथा स्वीकृत गर्ने’ शीर्षकमा टेरामक्स प्रणाली खरिदको विषयवस्तु परेको हो । उक्त शीर्षकको बुँदा नम्बर ५ मा ‘इन्टरनेसनल कल मोनिटरिङ एन्ड फ्रड नियन्त्रणका लागि इक्विपमेन्ट, सफ्टवेयरसहित परामर्श सेवा खरिद गर्ने’ भन्ने शीर्षक समावेश छ ।
बाँस्कोटाले २०७५ मा टेरामक्स प्रविधि खरिदकै लागि ७० करोड रुपैयाँ छुट्याउने गरी बजेट स्वीकृत गरेको कागजपत्रमा देखिन्छ । २०७५ कात्तिक ७ गते बास्कोटाले मन्त्रीस्तरीय निर्णय गरी बजेट चलाउन सहमति लिएका थिए । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पठाएको सो पत्रमा भनिएको छ, ‘त्यस प्राधिकरणको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यक्रम सहमतिका लागि अनुरोध भई आएकोमा यसैसाथ संलग्न परिमार्जित वार्षिक कार्यक्रमलाई मन्त्रीस्तरको मिति २०७५–७–७ को निर्णयअनुसार सहमति प्रदान गरिएको बेहोरा अनुरोध छ ।’ बास्कोटाले आफैँ जोडिएको टेरामक्स खरिद प्रक्रियामा २०८० पुस १२ गते संसद्को सार्वजनिक लेखा समितिमा कुनै प्रविधिको अनुसन्धान छ कि छैन भनी प्रविधि भित्र्याएकोमा उनैले प्रश्न गरेका थिए । जब कि उनले २५ करोड मागेको ठाउँमा ७० करोड रुपैयाँ स्वीकृत गर्दा यी प्रश्न गरेको पाइँदैन ।
टेरामक्स खरिद प्रक्रियामा मन्त्री बास्कोटाले स्वीकृत गरेको बजेटबाट स्रोतको सुनिश्चिता भएसँगै ठेक्का प्रक्रिया अघि बढेको थियो । दूरसञ्चार प्राधिकरणले २०७४ असोज २० गते उपकरण तथा पाँच वर्षसम्म त्यसको सञ्चालन समेत गर्नेगरी टेन्डर सूचना निकालेको थियो । १६ वटा कम्पनीले टेन्डर प्रक्रियामा सहभागी भएकोमा १२ वटा कम्पनीलाई प्राविधिकरूपमा अयोग्य बनाइयो ।लेबनानको भेन्राइज, स्विजरल्यान्डको एसजीएस, हङकङको एन्सफ्ट र क्यानडाको टीकेसी प्रतिस्पर्धामा थिए । कार्यावधि, कारोबार, विशेषज्ञतालगायतका लागि ८० अङ्क तोकिएको थियो भने जनशक्तिलगायतमा २० अङ्क तोकिएको थियो । चारवटा कम्पनी छनोट भएसँगै मापदण्ड परिवर्तन गरिएको थियो । टेन्डर प्रक्रियामा केही खुकुलो नियम बनाएर सर्त परिवर्तन भएको देखिन्छ ।
टेलिकम कम्पनीहरूसँग काम गरे पनि फरक नपर्ने सर्त परिवर्तन भयो । परिवर्तन भएको सर्तमा लेखिएको छ अन्य मुलुकका टेलिकम अपरेटरसँग काम गरे पनि फरक पर्दैन भनी उल्लेख गरिएको छ । चारवटा कम्पनीबाट कुनै एउटा कम्पनीले ठेक्का पाउने सुनिश्चितता र प्रतिस्पर्धीले भन्दा एक अर्ब ३७ करोड रुपैयाँ बढी भुक्तानी पाउने अवस्था भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो उजुरीको विषयमा अख्तियारले सूचना तथा सञ्चार मन्त्रालय र प्राधिकरणलाई पत्र समेत पठाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया