Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद समाधान गर्न छलफल सुरु

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद समाधान गर्न छलफल सुरु


काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गरेका छन् । निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले बुधबार नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गरेका हुन् । उनले भुक्तानी विवाद भोलिसम्म नित्कर्षमा पु¥याउन दुवै पक्षलाई आग्रह गरेका छन् ।

‘विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढङ्गले टुङ्गोमा पु¥याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ । यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलिसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ’, मन्त्री खड्काले भने ।छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी, व्यवसायीको सहभागिता थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x