Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले तान्यो बैंकिङ प्रणालीबाट ५० अर्ब

राष्ट्र बैंकले तान्यो बैंकिङ प्रणालीबाट ५० अर्ब


काठमाडौं, बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ निक्षेप तानेको छ । स्थायी निक्षेप सुविधामार्फत बजारबाट निरन्तर पैसा तानिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयषँ तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंक्ले साउन १ गतेसम्म बैंकिङ प्रणालीमा बढी भएको तीन खर्ब ७३ अर्ब रुपैयाँ खिचेको देखिन्छ । त्यसपछि पनि प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैेंकले थप पैसा तानेको हो । २१ दिनको अवधि तोकेर बोलकबोल गरेको निक्षेप संकलन उपकरणको सावाँ ब्याज भुक्तानी साउन २३ गते हुनेछ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्नेगर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x