काठमाडौं,मौद्रिक नीति तर्जुमा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक शुक्रबार (आज) बिहान बस्ने भएको छ । स्रोतले दिएको जानकारीअनुसार व्यवस्थापन समितिले पास गरेको मौद्रिक नीतिको मस्यौदालाई सञ्चालक समितिले अनुमोदन गर्नका लागि शुक्रबार बैठक बस्न लागेको हो ।
सञ्चालक समितिले मस्यौदा अनुमोदन गरेमा शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक हुनेछ । गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर मौद्रिक नीतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
अर्थतन्त्र सुस्त बनिरहेको बेला गभर्नर अधिकारीमाथि लचक नीति लिन दबाब छ । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि गभर्नर अधिकारीले बजार चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंक स्रोतले पनि मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउने गरी नै आउने बताएको छ । खासगरी निजी क्षेत्र र बैंकहरूको समस्या समाधान गर्नेगरी नै मौद्रिक नीति आउने स्रोतको दाबी छ ।
निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शनको कारण कर्जामा समस्या भएको भन्दै राष्ट्र बैंकलाई लचिलो बन्न माग गर्दै आएका छन् । अर्थ मन्त्रालयले पनि अर्थतन्त्र चलायमान बनाउन कर्जा विस्तारमा जोड दिइरहेको छ । वित्तीय प्रणालीमा निक्षेप थुप्रिँदै जाने तर कर्जाको माग नहुने स्थितिको अन्त्य हुनुपर्ने भन्दै अर्थ मन्त्रालयले कर्जा विस्तार बढाउनुपर्नेमा जोड दिएको छ । सोहीअनुसार मौद्रिक नीति तर्जुमा हुने राष्ट्र बैंक स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया