प्राधिकरणलाई टाट उल्टाएका कुलमानको क्रान्तिकारी बन्ने दाउ
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, उद्योग मन्त्री, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीलाई राखेर ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को विद्युत् महसुल बक्यौतको विषयमा छलफल गरे । छलफलपछि प्रधानमन्त्री ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोडेर महसुल उठाउनेबारेमा थप छलफल गर्ने बताए । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले उद्योगबाट डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन पर्दैन भनेर कुनै पनि मन्त्री वा प्रबन्ध निर्देशक कुलमानलाई भनेनन् । उक्त महसुलको बारेमा सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको आयोगले दिएको प्रतिवेदनअनुसार गर्ने र अहिले लाइन जोडेर औद्योगिक वातावरण बनाउन मात्र निर्देेशन दिए । प्रधानमन्त्री ओलीले महसुलको बारेमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए । तर, बाहिर सामाजिक सञ्जाल र स्वयम् कुलमानले आफ्ना समर्थकलाई प्रधानमन्त्री ओलीले महसुल उठाउन नचाहेको भनेर प्रचार गरे । कतिपयले सानाको लाइन काट्ने तर औद्योगिक क्षेत्रमा भने महसुल नबुझाए पनि लाइन दिने भनेर ओलीको चर्को आलोचना गराएका छन् ।
तर, प्रधानमन्त्री ओलीले लाइन जोड्ने तर महसुल नबुझाए पनि हुन्छ भनेर उद्योगीलाई पनि भनेका थिएनन् । सञ्चालक समितिको बैठक राखेर आजै लाइन जोडिदिनू र महसुल बक्यौताको बारेमा छलफल गरौँला भने । तर, कुलमानले विभिन्न बहाना बनाएर सञ्चालक समितिबाट काटिएको लाइन जोड्ने विषयमा निर्णय नै गरेनन् । अहिले कुलमान प्रधानमन्त्री ओलीको बदनाम गराउने खेलमा लागेका छन् । कुलमानले एकातिर प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्ने र अर्कोतिर प्रधानमन्त्री महसुल नतिर्ने उद्योगीको पक्षमा छन् भनेर गलत प्रचार गराएका छन् । लाल आयोगले टीओडी मिटरको अङ्कअनुसार मात्र अतिरिक्त महसुल उठाउन पाइने भनेको छ । कुलमान तिनै व्यक्ति हुन्, जसले केही सीमित उद्योगीसँगको मिलेमतोमा टीओडी मिटरको अङ्क मेटाइदिएका छन् । अब अङ्क नै नभएपछि प्राधिकरणले जारी गरेको बिल गैरकानुनी भएको छ ।
अङ्क नै नभई यति महसुल लाग्यो भनेर प्राधिकरणले पठाएको बिलको महसुल नबुझाएमा कानुनीरूपमा उद्योगीहरूलाई कारबाही गर्न मिल्दैन । उद्योगीसँग लेनदेन गरेर मिलेमतो गरेर टीओडी मिटरको विवरण नै मेटाएका कुलमानले अहिले भने प्राधिकरणले उठाउन थालेको बक्यौता महसुल प्रधानमन्त्रीको कारण रोकियो भनेर प्रचार गरेका छन् । जब कि मिटर नै नभएपछि बिलिङ गर्नु गैरकानुनी काम हो । यो सबै काम कुलमानले उद्योगीसँग मिलेमतो गरेर गरेका हुन् । त्यही नउठ्ने महसुललाई प्राधिकरणको आम्दानी देखाएर कुलमानले आम्दानीको कर तिर्न लगाइसकेको छन् । एकातिर महसुल नउठ्ने र अर्कोतिर प्राधिकरणसँग जम्मा भएको पैसालाई करका रूपमा तिरेपछि प्राधिकरणलाई थप टाट बनाएका कुलमानले अहिले भने क्रान्तिकारी बनेर प्रधानमन्त्री ओलीले महसुल उठाउन रोकेको भनेर गलत प्रचार गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनको महसुल नबुझाएकाहरूसँग रकम लेनदेख गरेका कुलमानले अहिले प्रधानमन्त्रीलाई उद्योगीको पक्षमा लागेको भनेर बदनाम गराउने प्रयास गरिरहेका छन् । प्राधिकरण तथा त्यसका सहायक कम्पनीहरूमा हुने खरिद तथा ठेक्कापट्टामा हस्तक्षेप गरेर अतिरिक्त आम्दानी गर्दै आएका कुलमानले डेडिकेटेड र ट्रंक लाइनको मिटरको डाटा मेटाएर उद्योगीसँग अतिरिक्त आम्दानी गरेका कुलमानले अहिले भने प्रधानमन्त्री ओलीको कारण महसुल उठाउन सकिनँ भनेर क्रान्तिकारी बन्दै प्रचार गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार नै लाइन जोडिदिनू भने पनि कुलमानले शनिबार साँझसम्म पनि लाइन जोडेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
यस्तो दुस्प्रचार गर्ने हेतुले समाचार लेख्न मिल्छ ? ; समचार स्वच्छ, स्वतन्त्र र मर्यादित पो हुनुपर्छ त ?