Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्ब रुपैयाँको कारोबार

रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्ब रुपैयाँको कारोबार


काठमाडौं, रिटेल पेमेन्ट स्वीच (आरपीएस) बाट ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा राष्ट्रिय भुक्तानी स्वीचअन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँबराबर कारोबार भएको हो । आर्थिक वर्ष २०७९÷८०को तुलनामा आर्थिक वर्ष २०८०÷८१मा रिटेल पेमेन्ट स्वीचको कारोबार संख्या ४९ प्रतिशत र कारोबार रकम ३८ प्रतिशतले बढेको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरैजसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुनेभएकोले सबैजसो कारोबारहरु आरपीएसमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको छ ।
बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकका वालेट, क्यापिटल मार्केट, इन्स्योरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै कारोबारहरु प्रोसेस तथा क्लियरिङ आरपीएसबाट हुने व्यवस्था छ । ती निकायहरुलाई आरपीएसमा नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मार्फत इन्टिग्रेट गरिएको छ । फन्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा आरपीएसबाट प्रोसेस हुनेगरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आईपीएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट–पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबार समेत आरपीएसबाट नै प्रोसेसिङ हुनेगरेको छ ।नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृति दिएपछि उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८÷७९ देखि सञ्चलान गर्दै आएको छ । रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तैः बैंकदेखि बैंक, बैंकदेखि वालेट, वालेटदेखि वालेटमा रकम ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाइल नम्बरको आधारमा ट्रान्स्फर, क्यूआर भुक्तानी, क्यूआर नेटवर्कबीच अन्तरआबद्धता, ई–कमर्सको लागि पेमेन्ट गेटवेलगायतका भुक्तानी उपकरणहरु आरपीएसमा उपलब्ध छन् ।

सोही आरपीएसको माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी एनपीआईएस प्रणालीको विकास भई केही देशहरुमा कारोबार सञ्चालनमा आउने चरणमा छ । आरपीएसमा हाल ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु, २२ वटा भुक्तानी सेवाप्रदायकहरु, दुईवटा भुक्तानी प्रणाली सञ्चालकहरु, एक सयभन्दा बढी अन्य संस्थाहरु र नेपाल सरकारलगायतले आफ्ना सम्पूर्ण कारोबार गर्नेगरी जोडिएका छन् ।नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेसनल कार्ड सञ्चालनमा ल्याउन एनपीएसअन्तर्गत नेसनल कार्ड स्वीच र नेपाल–पे कार्डको जडानकार्य समेत हुँदै गरेको छ ।


क्याटेगोरी : नेपाल, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x