छिमेकी मुलुक भारतमा भन्दा नेपालमा मूल्यवृद्धि उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको मुद्रास्फीतिसम्बन्धी अध्ययन प्रतिवेदन २०२२/२३ अनुसार भारतमा भन्दा नेपालमा मूल्यवृद्धि (मुद्रास्फीति)दर बढी देखिएको हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति (वस्तु तथा सेवाको मूल्य बढी हुनु, पैसाको मूल्य कम हुुनु अर्थात् थोरै वस्तु तथा सेवा खरिदको लागि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था आउनु) एक दशमलव आठ प्रतिशतले बढी देखिएको छ । तर, जुलाई महिनामा भने दुवै देशको मुद्रास्फीति दर सात दशमलव ४४ प्रतिशत थियो । नेपालमा मुद्रास्फीति सेप्टेम्बरमा सबैभन्दा बढी आठ दशमलव ६४ प्रतिशत र जुनमा सबैभन्दा कम छ दशमलव ८३ प्रतिशत थियो । आर्थिक वर्ष सन् २०२२/२३को जुन महिनामा बाहेक नेपालको मुद्रास्फीति लक्ष्य सात प्रतिशतभन्दा माथि थियो ।
भारतमा उपभोक्ता मुद्रास्फीति प्रारम्भिक महिनाहरुमा गिरावटको प्रवृत्ति देखिएको छ । अगष्ट २ मा सात प्रतिशतबाट सुरु भएको मुद्रास्फीति मे २०२३ मा चार दशमलव तीन प्रतिशतमा झरेको थियो । यद्यपि जुलाई २०२३ मा भारतीय मुद्र्रास्फीति बढेर सात दशमलव ४४ प्रतिशत पुगेको थियो । तरकारी र मसलाको मूल्यमा भएको वृृद्धिले गर्दा विगत १५ महिनामा सबैभन्दा बढी मूल्यवृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा नेपालको वार्षिक औसत मुद्रास्फीति दरको लक्ष्य सात दशमलव ७४ प्रतिशत र भारतको छ दशमलव शून्य छ प्रतिशत थियो । विगत पाँच आर्थिक वर्षमा नेपालमा सीपीआईसम्बन्धी मुद्रास्फीति सामान्य तया आर्थिक वर्ष २०२०/२१ बाहेक भारतको तुलनामा बढी देखिएको छ । आर्थिक वर्ष २०२०/२१ मा भारतले नेपालको तुलनामा उच्च मुद्रास्फीतिको अनुभव गरेको थियो । आर्थिक वर्ष २०२२/२३ मा नेपाल र भारत दुवैले मुद्रास्फीतिमा गिरावटको प्रवृत्ति अनुभव गरेका थिए ।
अगष्ट २०२२ मा नेपालको थोक मुद्रास्फीति १२ दशमलव ५८ प्रतिशतमा रेकर्ड गरिएको थियो जुन भने भारतको १२ दशमलव पाँच प्रतिशतको तुलनामा थोरै मात्र बढी हो । नेपालको डब्लूपीआई सेप्टेम्बर २०२२ मा १४ प्रतिशतको उच्चतम बिन्दुमा पुगेको थियो त्यसपछि जुन २०२३ मा तीन दशमलव एक प्रतिशतको सबैभन्दा कम स्तरमा पुगेको थियो । तर, यसको विपरीत भारतको थोक मूल्य मुद्रास्फीति वर्षभरि लगातार कम हुँदै गयो र अप्रिल २०२३ देखि नै नकारात्मक भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०२२/२३ मा नेपालले आठ दशमलव ४६ प्रतिशतको वार्षिक औसत थोक मूल्य मुद्रास्फीति अनुभव गरेकोमा भारतको थोक मूल्य मुद्रास्फीति सोही अवधिमा तीन दशमलव ५९ प्रतिशत मात्रै थियो ।
सन् २०२२/२३ मा नेपालले २०२१/२२ को अन्तिम त्रैमासिकमा सुरु भएको बढ्दो प्रवृत्ति जारी राख्दै अपेक्षकृत उच्च मुद्रास्फीति रेकर्ड गरेको छ । सो अवधिमा नेपालको वार्षिक औसत मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत रहेको थियो जुन वार्षिक लक्षित सीमा सात प्रतिशतभन्दा बढी रहेको थियो । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति वार्षिक औसत छ दशमलव ६२ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति वार्षिक औसत आठ दशमलव ६२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार उक्त अवधिमा नेपालमा वर्षभरि नै गैरखाद्य मुद्रास्फीति खाद्य र पेयपदार्थको मुद्रा स्फीतिको तुलनामा लगातार उच्च थियो । यद्यपि खाद्य र पेयपदार्थको मुद्रास्फीतिले यस अवधिमा गैरखाद्य र सेवा मुद्रास्फीतिभन्दा बढी अस्थिरता देखाएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२/२३मा नेपालले फरक मासिक मुद्रास्फीतिदरको अनुभव गरेको छ । दोस्रो महिनामा सबैभन्दा बढी आठ दशमलव ६४ प्रतिशत मुद्रास्फीति देखियो जुन ११ महिनामा घटेर छ दशमल ८३ प्रतिशतमा झरेको थियो । खाद्य र पेयपदार्थको मुद्रास्फीति दोस्रो महिनामा आठ दशमलव १७ प्रतिशत पुगेकोमा १०औँ महिनामा यसको सबैभन्दा कम बिन्दु पाँच दशमलव ५४ प्रतिशतमा पुगेको छ । जब कि गैरखाद्य र सेवा मुद्रास्फीति सातौँ महिनामा नौ दशमलव २२ प्रतिशत पुगेको छ भने भने १२औँ महिनामा सात दशमलव ४८ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्षको अन्त्यमा समग्र मुद्रास्फीति, खाद्य र पेय मुद्रास्फीति र गैरखाद्य र मुद्रास्फीति सात दशमलव चार प्रतिशतको वरिपरि रहेको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया