मानिसका जनसंख्यामा भइरहेको अप्रत्यासित वृद्धि र आर्थिकस्तर एवं जीवनस्तरको वृद्धि गरिनु आवश्यक रहेको आजको अवस्थामा मासु तथा मासुजन्य पदार्थको उत्पादन विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । कृषि तथा पशुपालन क्षेत्रमा विज्ञान र प्रविधिमा सुधार एवं परिमार्जन गर्न सकिने सम्भावना असीमित छन् । हामीसँग भौतिक प्राकृतिक एवं मानवीय स्रोत र साधन प्रचुर छन् यदि माथि उल्लिखित स्रोतहरुलाई भौगोलिक अवस्था एवं त्यस क्षेत्रका मानव स्रोतसँग भएको परम्परागत सीप पेसालाई उपयुक्त प्रविधिसँग संयोजन मात्र गर्न सकियो भने हामी मासुजन्य प्रोटिनको माग सजिलै पु¥याउन सक्छौं । कृषि तथा पशुपन्छी पालन क्षेत्रको सम्बन्ध अब प्रतिस्पर्धात्मक नरहेर बरु एकआपसमा परिपूरकका रुपमा देखा पर्न थालेका छन् । प्रायजसो कृषकको कृषि प्रमुख पेसा भए पनि धेरैजसो किसानले एउटा वैकल्पिक आयआर्जन गर्ने स्रोतको रुपमा पशुपालनका विविधखाले पशु पाल्न थालेको पाइन्छ । जसमा हाम्रा आदिवासी जनजाति सीमान्तकृत समुदाय एवं मुलुकमा विगतमा विविधखाले द्वन्द्वका कारण आफ्नो थातथलो छाडी अलकति सुरक्षित ठानिएको सहरी क्षेत्रमा बस्न पुगेका सुकुम्वासीहरुको भरपर्दो आयआर्जनको स्रोत बंगुर पालन हुन पुगेको दृष्टान्त खोज्न कहीँ अन्त जानु पर्दैन । हाम्रो चार भञ्ज्याङका खोला किनारमा सुकुम्वासी बस्ती हेरे पुग्दछ । अझ यसभन्दा आशलाग्दो परिदृष्य हाम्रो अगाडि देखा पर्दैछ, वैदेशिक रोजगारीबाट फर्केको एउटा ठूलो जमात बंगुरपालन पेसाप्रति आकर्षित हुनु ।
नेपालको समग्र कृषि प्रणालीमा पशुपन्छीपालन धेरै हदसम्म अन्तरसम्बन्धित एव निहित भएर बसेको छ । कृषिमा मात्र संलग्न कृषक समुदाय बेमौसमी बेला बेरोजगारीको अवस्थामा खाली बस्नुपर्ने हुन्छ त्यसबेलाका लागि आयआर्जजका लागि कुनै वैकल्पिक कृषिमा नै आधारित पेसाको खोजीमा हुन्छन् जसबाट थप आम्दानी मिलोस् । यस कारणले पशुपन्छीपालनले खेतीपाती र पशुपन्छीपालनका बीच सम्मानजनक प्रशंसात्मक सम्बन्ध रहेका प्रमाणशिद्ध गरेको छ । जसका कारण सामाजिक परिर्वतन कृषकको आर्थिक अवस्थामा आएको सुधारले संकेत गर्दछ । यसकै सेरोफेरोमा बंगुरपालन एउटा उत्तम विकल्प हुन सक्ने सम्भावना बोक्न सक्छ किनभने यी प्रजातिहरु हलक्क चाँडै बढ्ने फलप्रद क्षमता भएका अरु पशुपन्छीभन्दा बढी मानिन्छ । यिनीहरुलाई छिट्टै वंशसुधार गर्न सकिन्छ तथा यिनले छिटोछिटो बथानको संख्या बढाउँछन् । पाँच पोथी तथा एक भाले राखेको बथानले प्रतिवर्ष असीवटा पाडापाडी जन्माउँछन् । यिनीहरु दानालाई पशुजन्य उत्पादनमा रुपान्तर गर्न अब्बल मानिन्छन् । बंगुरहरु कृषि तथा पशुपन्छीजन्य उपउत्पादनमा प्रभावकारी रुपमा आफ्नो दाना आहाराको रुपमा प्रयोग गर्दछन् । जस्तै धानको ठुटो, कनिका मकैको ठुटो, फिसपिल, भिटामिन, बोनमिल, पिना, मिल, भान्सा तथा होटल, पार्टीप्यालेस, रेस्टुरेन्टबाट निस्कने रछ्यान मोलासेस स्किम्ड मिल्क, वटर मिल्क, क्षयकृत अन्न क्षयकृत बेकरी उत्पादन वियर कारखानाबाट निस्कने कड र केही घाँसपात जुन नत्र भने खेर जाने थिए, अझ गाउँ सहरका बाटामा थुपारिएका फोहोर मैलाबाट पनि आफ्नो आहारा जोहो गर्न सक्छन् । यसैले यिनलाई स्वयम्सेवी सफाइकर्मी पनि भनिन्छ । स्थानीय रैथाने काठेसुंगुर पाल्नु फाइदाजनक मानिन्न बरु लार्ज ह्वाइट पोर्कसायरमध्य सेतो पोर्कसायर लैडरसजस्ता उन्नत जातहरुका साथै धराने कालो बंगुर हाम्रो जस्तो भौगोलिक बनोट जनसमुदायको संरचनाका लागि पाल्न उपयुक्त मानिन्छ ।
बंगुरपालनको स्तरोन्नतिका मुख्य बाधाहरु ः
१) उच्च उत्पादकत्वका लागि उन्नत÷उच्चस्तरीय मूल अनुवांशिक बीउको अभाव
२) उच्च तथा सम्र्पूण पोषणयुक्त दाना आहाराको सहज उपलब्धता नहुनु ।
३) अत्यधिक वर्षा तथा ओसाइलो कारण विभिन्न रोग व्याधीको संक्रमण हुनु बेलैमा प्रयोगशालाजन्य रोग पहिचान हुन नसक्नु तथा प्राज्ञिक तथा प्राविधिक ज्ञानको अभावका कारण रोकथाम एवं उचित, औचित्यपूर्ण प्रभावकारी उपचार सेवा बंगुरपालक कृषकसम्म सहज पहँुच हुन नसक्नु ।
४) अप्राप्य उन्नत जातका बंगुरका पाठापाठी उपलब्ध हुने स्रोत केन्द्रहरु
५) व्यवस्थित वधशालाको पूर्ण अभाव वैज्ञानिक तवरले बंगुर वध गर्न साथै शुद्ध, स्वच्छ, सफा, स्वास्थ्य मासु वर्गीकरण गरी बंगुरको मासु गुणस्तरअनुसार वर्गीकरण गरी पोका पारी बजारीकरण गर्नु ।
रणनीतिक समस्या ः
लक्ष्य उद्देश्य प्राप्तिका लागि देखापरेका समस्या समाधान गर्नपट्टि लाग्नुपर्ने बेला आएको छ नत्र अहिले नभए कहिले नि हुन्न । सुंगुर बंगुरका उपलब्ध उन्नत अनुवांशिक बीउ उपलब्धताको प्रभावकारी जानकारी तीनको उचित संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने । बंगुर पालन क्षेत्रमा उपलब्ध दानाको स्रोत तिनको उपभोग परम्परागत बंगुरको दानाको पहिचान तथा अहिले प्रयोग गरिएका दानाको पोषण गुणस्तरको स्तरोन्नति यान्त्रिक जीवाणुजन्य वा रासायनिक प्रयुक्त विधिबाट गर्ने । बंगुर पालिने भौगोलिक क्षेत्र मौसमी अवस्था बंगुरको उमेर पालिएको प्रयोजनसहितको बथानमा रोगको नियमित नियमन अनुगमन कडा निगरानी राखिनु पूर्वसूचना प्रवाह देखा पर्न संक्राकम असंक्रामक सम्र्पकबाट सर्न सक्ने बेलैमा सो क्षेत्रका कृषक प्राविधिक पशुचिकित्सक द्रुतरुपमा उपलब्ध गराउने व्यवस्था गर्ने तथा रोकथाम तथा उपचार सेवा पूर्व तथा पूर्ण तयारीको व्यवस्था मिलाउने न कि जब भयो राति अनि बुढी ताती भनेझैँ अहिलेका जस्तो अवस्था नरहोस् । हाम्रो जस्तो अवस्थाका लागि सुहाउँदो प्रविधिको प्रशोधन तथा भण्डारण बंगुरजन्य मासु निपूर्णतापूर्वक ओसारपसार प्रशोधन तथा भण्डारण विकास गर्ने वध गर्दा मासु काँटछाँट गर्दा हुने क्षति कम होस् र मासु धेरै स्वास्थ्य र सुरक्षित राख्न सकियोस् तर अन्नतकालसम्मका लागि भने हैन । नवीन जैविक प्रविधिजन्य विधिहरुको उपयोग स्रोत संरक्षण आनुवंशिक सुधार प्रजनन अभ्यासबाट बंगुर पालनमा सुधारका साथै ग्रामीण क्षेत्रमा आर्थिक अभिवृद्धि रोजगारीका अवसरको सिर्जना हुनुका साथै उपभोक्ताले गोठदेखि ओठसम्म सफा, स्वच्छ र स्वस्थ वर्गीकरण गरिएको मासु उपभोग गर्न सहज रुपले पाउने नै छन् । डा.केदार कार्की
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया