Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियोविरुद्ध खोप अभियान

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियोविरुद्ध खोप अभियान


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा बुधबारदेखि पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।

काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

१२ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने शाखाप्रमुख गौतमले बताए । उनका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x