अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान
काठमाडौं, असार १०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । लकडाउनपछि यो हालसम्मकै बढी उडान हो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो ।
मंगलबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २५८, माल्दिभ्सबाट १४३, र थाइल्याण्डको बैंककबाट दुई उडानबाट क्रमशः ७८ र १२ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १ सय ४४ र आबुधाबीबाट ५ नेपाली काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जजिरा एयरले कुवेतबाट १ सय ६० यात्रु ल्याएको छ । त्यसैगरी नेपाली यात्रु लिन नेपाल एयरलाइन्सको जहाज माल्दिभ्सको जेधाह प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स कुवेत र साउदी अरेबियाको दमाम उडेको छ ।
सोही एयरलाइन्सको जहाजले चीनको चाङ्सामा दुई कार्गो उडानका लागि त्यसतर्फ प्रस्थान गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जजिराले कुवेत र हिमालयले चाङ्साबाट कार्गो उडान गरेका छन् । बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, आबुधाबी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ । हिमालयले दमाम, कुवेत र आबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया