Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्य सचिव र राष्ट्रिय योजना आयोगमा नयाँ नियुक्ति

मुख्य सचिव र राष्ट्रिय योजना आयोगमा नयाँ नियुक्ति


काठमाडौं,सरकारले मुख्य सचिव र राष्ट्रिय योजना आयोगमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्य सचिव हुन् ।

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि उनलाई असार ३१ गते निमित्त मुख्य सचिवबाट कामु मुख्य सचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् ।

विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी उनी उमेरहदका कारण आउँदो भदौ १५ बाट सेवानिवृत्त हुनेछिन् ।त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले आयोगका सदस्यहरूमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x