Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक वर्षमा ५० अर्बले बढ्यो घरजग्गा कर्जा

एक वर्षमा ५० अर्बले बढ्यो घरजग्गा कर्जा


बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तम्ममा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कुल ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये व्यक्तिगत आवास शीर्षकअन्र्तगत तीन खर्ब ८४ अर्ब ४१ करोड २० लाख र रियलस्टेट क्षेत्रअन्तर्गत दुई खर्ब ६० अर्ब १८ करोड २० लाख रुपैयाँ समेत गरी कुल छ खर्ब ४५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० अर्ब ११ करोड रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकअन्तर्गत तीन खर्ब ४९ अर्ब ३८ करोड ५० लाख रुपैयाँ र रियलस्टेटमा दुई खर्ब ४६ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा ४८ खर्ब ५५ अर्ब ५५ अर्ब ४२ करोड १० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कुल ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब १५ अर्ब नौ करोड ९० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब १७ अर्ब ११ करोड ९० लाख रुपैयाँ समेत गरी कुल पाँच खर्ब ३२ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ अर्ब ६८ करोड ९० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको मध्ये व्यक्तिगत आवस शीर्षकमा दुई खर्ब ८१ अर्ब २६ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब १४ अर्ब ६२ करोड १० लाख समेत गरी कुल चार खर्ब ९५ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने आर्थिक वर्ष २०८०÷८१ चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्येबाट व्यक्तिगत आवासमा ५७ अर्ब ६१ करोड र रियलस्टेटमा ३२ अर्ब ७४ करोड ५० लाख रुपैयाँ समेत गरी कुल ९० अर्ब ३५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा १२ अर्ब १९ करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुले कुल चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्येमा व्यक्तिगत आवास शीर्षकमा ५६ अर्ब ५१ करोड ९० लाख र रियलस्टेट क्षेत्रमा २१ अर्ब ६४ करोड ४० लाख रुपैयाँ समेत गरी कुल ७८ अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

आर्थिक वर्ष २०८०÷८१ मा फाइनान्स कम्पनीहरुले ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवासमा १२ अर्ब ७० अर्ब ४० करोड रुपैयाँ रियस्टेट क्षेत्रमा १० अर्ब ३१ करोड ७० लाख रुपैयाँ गरी कुल २३ अर्ब दुई करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५८ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९२ अर्ब ३३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा ११ अर्ब ५९ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा नौ अर्ब ८३ करोड ५० लाख रुपैयाँ समेत गरी कुल २१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x