Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुठी संस्थानले सर्वोच्चको आदेश मानेन छाया सेन्टरको जग्गाको कागजपत्र लुकायो

गुठी संस्थानले सर्वोच्चको आदेश मानेन छाया सेन्टरको जग्गाको कागजपत्र लुकायो


काठमाडौंको ठमेलमा रहेको ऐतिहासिक कमलपोखरी मासेर छाया सेन्टर निर्माणको विवादमा गुठी संस्थानले कागजपत्र नै गायब बनाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि नै गुठीले कागजपत्र पेश गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डेको दबाबमा गुठीले कागजपत्र बुझाउन आलटाल गरेको छ । ठमेलको ऐतिहासिक उक्त कमलपोखरीको जग्गा अतिक्रमण गरेर पृथ्वीबहादुर पाण्डेले आमाको नाममा छायादेवी सेन्टर बनाएका थिए । पोखरी मासेर छायादेवी सेन्टर बनाएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा मालपोत, नापी र गुठी संस्थानलाई कागजपत्र मगाउन आदेश दिएको थियो ।

मालपोतले कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण भएको कित्ता नम्बर १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको सर्वोच्च अदालतलाई जवाफ पठाए पनि गुठी संस्थानले भने पठाएको छैन । पाण्डेले ठमेल भगवानबहाल अगाडि रहेको पोखरी मासेर आफ्नो आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दिपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतको १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।

मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले हाल छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं १६७ र १०४० का जग्गाहरू २०४४ मंसिर २३ मा नेपाल सरकारका नाममा दर्ता सेस्ता कायम भएकोमा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिको नाममा गएको देखिएको के–कसरी व्यक्तिको नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो । गुठी संस्थानले रास्वपाका केन्द्रीय सदस्य सुमन पाण्डे र पृथ्वीबहादुर पाण्डेको दबाबमा फाइल नै गायब बनाएको स्रोतले बतायो । गुठी संस्थानमा भएको कागजपत्रले छाया सेन्टर भत्काउनका लागि यथेष्ट प्रमाण पुगेको छ ।

अभियन्ता भागवत प्रधानले कागजपत्रको विषयमा बुझ्दा गुठी संस्थानले कागजपत्र हराएको जवाफ दिएको बताए । यसअघि पनि गुठी संस्थानले जिल्ला र तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)लाई पनि कागजपत्र पठाउन इन्कार गरेका थिए । त्यति बेला पनि रास्वपाका नेता सुमन र गुठी संस्थानको मिलेमतोमा कागजपत्र पठाउन इन्कार गरेका थिए । सर्वोेच्चले कागजपत्र पठाउन आदेश जारी गरे पनि गुठी संस्थानले अर्को ताकेता गरे पनि नपठाउने बरु कागजपत्र भेटिएन भनेर जवाफ पठाउने तयारीमा रहेको स्रोतको दाबी छ ।थहवी विक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमल पोखरी र डील र चोक समेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यस्वर मान प्रधान समेतले २०३३ साल २०६२ सालमा गुठी संस्थानको ऐन विपरित मिलापत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल उक्त गुठीको कार्य समितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधान समेतले सार्वजनिक पोखरी र पोखरीको डिल समेतलाई व्यक्तिको नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमति पत्र दिइएका थिए । उनीहरूले त्यसरी सहमति दिएकाले थुनामा राखी कारबाही गरी कि.नं साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतको कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए ।

मालपोत कार्यालयले पठाएको पत्र अनुसार साविक नगर २९ किं नं १६७ क्षेत्रफलको १२ रोपनी १३ आना ३ पैसा २ दाम, कित्ता नम्बर १०४० को क्षेत्रफलको ९ आना २ पैसा ३ दामको सम्बन्धमा कार्यालयको अभिलेखबमोजिम नाप नक्सा अवस्थाकै सुरु कित्ता भएको भनी पत्र पठाएको छ । गुठी लगत तथा तहबिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८÷०३९ च.नं. २४३३ अनुसार २१ जेठ २०३९ को पत्रानुसार दर्ता भएको सर्वोच्चलाई जवाफ पठाएको छ । गुठीको २०४० असार ६ गतेको पत्र र नापी कार्यालयको मिति २०४१ साउन १५ को पत्रानुसार १६७ कित्ता काट भई कि.नं १६१६ क्षेत्रफलको ६ रोपनी सुधा पौडेल, कि. नं १६१७ को क्षेत्रफल २ रोपनी १० आना विणा पौडेल र कित्ता नम्बर १६१८ को क्षेत्रफल ९ रोपनी १३ आना २ पैसा २ दामको केयुर शम्सेरकोमा बाँकी देखिन्छ भनी सर्वोच्चलाई पत्र पठाएको छ ।
साथै गुठी लगत तथा तहसिल कार्यालयको २०४४ माघ २१ को पत्रानुसार कि.नं १०४० र कि.नं १६१८ जग्गा धनीमा अम्बिका राणाको नाममा नामसारी भएको र गुठी लगत तथा तहसिल कार्यालयको च.नं २९९६ र२१९७ को मिति २०४७ माघ १८ गते को पत्रानुसार कि.नं १६१६ र कि. नं १६१७ रैतानी भई शंकरप्रसाद शाहबाट पुनप्रतिमा पाडेकोमा गएको र कि.नं १६१८ कित्ताकाँट भई २४१२ सुरेसाय हाउजिङ प्रालिमा गई सो कित्ता प्रतिमा पाडेमा गई प्रतिमा पाडेबाट १६१६, १६१७, २४१२ को मिति २०६५ भदौ २ मा छायादेवी कम्प्लेक्समा गएको देखिन्छ भनी सर्वोच्चलाई जवाफ पठाएको छ ।

त्यस्तै अदालतले साबिक पोता १८३ नं श्री सिंहसार्थ बाहु गरुण भगवान् नाममा दर्ता भएको रोपनी २६ रोपनी ८ आना जग्गा सो १८३ नम्बर पोता भिडाई जग्गा दर्ता भएको छ छैन ? सोको तथ्यगत बेहोरासहित सो पोता भिडाई कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता÷हाल साबिक भई कसको नाममा कायम रहेको छ ? सोको विवरण गुठी संस्थान कार्यालय वा मालपोत विभागबाट झिकाउन आदेश भएको थियो । सर्वोच्चले सोधेको जो प्रश्नको जवाफमा मालपोत कार्यालयले अभिलेखको ठमेल पोता नं १०६÷९१ श्री गरुड भगवान्को हस्ते कुलबहादुर प्रधान थवहेल रहेको पोतामा कमलपोखरी २६ भएको देखिन्छ भनी जवाफ पठाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x