Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लगानीको वातावरण सुधार्नुपर्छ’

‘लगानीको वातावरण सुधार्नुपर्छ’


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन् । लगानी बोर्डको आर्थिक वर्ष २०८०/८१ मा भएका कार्यसम्पादन करारबमोजिमको कार्यसम्पादन प्रतिवेदन बुझ्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बिहीबार बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन बुझाएका थिए । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिने बताएका थिए । कार्यसम्पादन प्रतिवेदन पेश गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शनअनुरुप परियोजना विकास, लगानी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि भएका प्रगति, परियोजना कार्यान्वयनका क्रममा देखापरेका समस्या, तिनको समाधानका लागि बोर्डले गरेका प्रयत्न, कार्यसम्पादन गर्दाका सिकाइ र अनुभव र आगामी परिदृश्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो । रणनीतिक योजनाका चार वटा स्तम्भः परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय, सहकार्य र साझेदारीमा केन्द्रित रही सम्पादन गरिएका कार्यको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएको लगानी बोर्डको भनाइ छ ।

‘यस अवधिमा नौ वटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ’, प्रतिवेदनमा उल्लेख छ,‘बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप गत जेठ २२ मा अरुण तेस्रो जलविद्युत् परियोजनाको ‘हेडरेस टनेल’को ‘ब्रेकथ्रु’ भएपश्चात् उक्त परियोजनाको जेनेरेसनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ भने ट्रान्समिसन लाइनतर्फ ३८ दशमलव २१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x