पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद सजाय
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले जोशीलाई दोषी ठहर गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिबाना र नौ महिना कैद सजाय तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो । न्यायधीशद्वय शर्मा र ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औँ पेसीपछि आइतबार फैसला भएको हो ।
यसअघि विशेष अदालतले जोशीविरुद्ध दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरी बिगो र जरिबानाले हुने यसको दोब्बर रकम असुल गर्नुपर्ने र डेढ वर्ष कैद सजायको फैसला गरेको थियो । सर्वोच्चले विशेषको सजायमा केही उल्ट्याउँदै जरिबाना र सजाय कम गरेको छ । जोशीले विशेषको फैसलाविरुद्ध, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । उनले पदमा रहँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेकोमा अहिले सर्वोच्चले पनि विशेषको फैसलालालई नै निरन्तरता दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २०६० पुस १८ मा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जोशीका साथै उनका परिवारका सदस्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
सुरुमा जोशीलाई विशेष अदालतले हदम्याद कटाएर ढिलो गरी मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो । मुद्दाको तथ्यमै प्रवेश नगरी प्राविधिक आधारमा सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्चले पुनः फाइल हेर्न भनी फर्काइदिएको थियो । त्यसपछि अदालतको मुद्दाको तथ्यभित्र रही बहस गर्दै जाने क्रममा उनलाई भ्रष्टाचार दोषी ठहर गरी जरिबाना र कैद तोकेको थियो । जोशी २०४८ सालेदखि २०५९ सालसम्म विभिन्न सरकारी÷सार्वजनिक पदमा रहँदा स्रोत खुल्न नसकेको दुई करोड १६ लाख रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेका थिए । विभिन्न उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न भन्दै तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा आयोग गठन गरेको थियो ।
सो आयोगले जोशीलगायतका सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन तत्कालीन सरकारलाई दिएको थियो । सोही प्रतिवदेनमा आधारमा अख्तियारले जोशीको सम्पत्तिको अनुसन्धान थालेको हो । अख्तियारले गरेको अनुसन्धानबाट उनले गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जन गरेको खुल्न आएको थियो । जोशीको मुद्दामा प्रतिवादी बनाइएका ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका छन् । विशेष अदातले पाण्डे र पन्तलाई छ÷छ महिना कैद सजाय सुनाएको थियो भने दुवैजनाबाट ६६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । विशेष अदालतमा फैसला गर्दा अध्यक्षमा न्यायाधीश गौरबहादुर कार्की र सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया