Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओली सरकारको काम नियुक्ति, सरुवा र सिफारिस

ओली सरकारको काम नियुक्ति, सरुवा र सिफारिस


केपी शर्मा ओली नेतृत्वको सरकारले तीनवटा प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति, १८ जना राजदूत सिफारिस र नेपाल सरकारका २१ जना सचिवको सरुवा गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गरिएको हो । बागमतीका यादव शर्मालाई हटाएर दीपकप्रकाश देवकोटा, लुम्बिनीका अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका तिलक परियारलाई हटाएर यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।

यस्तै, सरकारले विभिन्न मन्त्रालयका २१ जना सचिवलाई सरुवा गरेको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेर अर्थकै राजस्व सचिव राम प्रसाद घिमिरेलाई अर्थको सचिव बनाइएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा सरुवा गरिएको छ ।यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरेर केशव कुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयमा ल्याएको छ । शर्मालाई यसअघिका भौतिक मन्त्री रघुवीर महासेठले भौतिकबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा र हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
सरकारले सचिवहरु मुकुन्दप्रसाद निरौला, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रामकृष्ण सुवेदी, राधिका अर्याल, भरतमणि सुवेदी, गोकर्णमणि दवाडी, अर्जुनप्रसाद पोखरेल, किरणराज शर्मा, मधुसुदन बुर्लाकोटी, नारायण प्रसाद दुवाडी, रामाधार साह, प्रमिला देवी बज्राचार्य र सुरेश आचार्यको पनि सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्ले पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको । बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलङ्का र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएर ती ठाउँमा नयाँ पठाउन लागेको हो ।सिफारिस भएका राजदूतहरुमा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । प्रचण्ड सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि पूर्व सचिव चन्द्र घिमिरे, चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई सिफारिस गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x