किन बिक्दैन वैदेशिक रोजगार बचतपत्र ?
१६ अर्बको आह्वान गर्दा ७६ करोडको बिक्री
देशबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले जोखिमविना उच्च प्रतिफल पाउने गरी सरकारले बिक्रीमा ल्याउने औजार वैदेशिक रोजगार बचतपत्र हो । यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेशमा ल्याएको प्रमाण पेस गरेमा खरिद गर्न सकिन्छ ।सरकारले आवश्यकताअनुसार बजेटको स्रोत जुटाउन बैदेशिक रोजगार बचतपत्र बिक्री गर्छ । जोखिमविना नै उच्च प्रतिफल पाउने लगानीको औजार भए पनि सरकारले जारी गरेअनुसार वैदेशिक रोजगार बचतपत्र बिक्री हुनेगरेको छैन । विदेशमा काम गर्ने नेपाली नागरिकको चासो यो बचतपत्र खरिद गर्न खासै देखिँदैन । राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययनबाट पनि वैदेशिक रोजगार बचतपत्र खरिदमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ ।
नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको अवस्थामा सरकारले विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र आन्तरिक ऋण परिचालनमा समेत योगदान पु¥याउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०६६÷६७ देखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न सुरु गरेको थियो । त्यसका लागि सरकारले ब्याजदर पनि तुलनात्मकरुपमा उच्च दिनेगरेको छ । बचतपत्र आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था पनि छ । तर, पनि यो बचतपत्र खरिदमा नागरिकले खासै चासो दिएका छैनन् ।केन्द्रीय बैंकको प्रतिवेदनअनुसार आर्थक वर्ष २०६६÷६७ देखि २०७९÷८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री आह्वान भएको थियो । त्यसमध्ये जम्मा चार दशमलव नौ प्रतिशत अर्थात् ७६ करोड २३ लाख रुपैयाँको मात्रै बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान जम्मा शून्य दशमलव शून्य छ प्रतिशत मात्रै छ । वैदेशिक रोजगार बचतपत्र बिक्री नहुनुको प्रमुख कारण सचेतना र जानकारीको अभाव रहेको राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभाग तथा काठमाडौंबाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफन्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जानलागेका र फर्किएका तीन सय ८५ नेपालीसँग स्थलगत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२ दशमलव पाँच प्रतिशतलाई मात्रै वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ । वैदेशिक रोजगार बचतपत्रको बिक्री नहुनुको मुख्य कारण वैदेशिक रोजगारीमा जाने ८८ प्रतिशत नेपालीलाई बचतपत्रको बारेमा जानकारी नहुनु रहेको प्रतिवेदनमा उल्लेख छ ।
बचतपत्रबारे जानकारी भएकाले पनि खरिद नगरेको पाइएकोे प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९ दशमलव पाँच प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२ दशमलव पाँच प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेका छन् ।वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२ दशमलव पाँच प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन् । त्यसैगरी, काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षणबाट २४ दशमलव तीन प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२ दशमलव आठ प्रतिशतले सोधपुछ गर्नेगरेको बताएको प्रतिवेदनमा उल्लेख छ । यसबाट पनि वैदेशिक रोजगार बचतपत्रको बिक्रीको लागि धेरै नै नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता देखिएको प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टाछुट्टै निकाल्नुभन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदरमार्फत सहुलियत दिने गरेको भन्दै सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्न व्यवस्था मिलाउनुपर्ने पनि अध्ययनले देखाएको छ ।
प्रक्रियागत सुधारअन्तर्गत बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने, बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने, हाल बचतपत्र वर्षको एक पटक छोटो अवधिका लागि मात्र आह्वान हुनेगरेकोमा आर्थिक वर्षको सुरुमा निष्काशन गर्ने र आह्वान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने सुझाव पनि दिएको छ । वैदेशिक रोजगार बचतपत्रको बिक्रीको सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने, नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कूटनीतिक नियोगमार्फत वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने, रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्कमार्फत वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचारप्रसार गर्नेलगायतको व्यवस्था गर्नुपर्नेमा प्रतिवेदनले सुझाव दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया