Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेश४५ करोडमा गण्डकी प्रदेशसभाको भवन बन्ने

४५ करोडमा गण्डकी प्रदेशसभाको भवन बन्ने


पोखरा । गण्डकीमा करिब ४५ करोड रुपैयाँ बराबरको लागतमा प्रदेशसभा भवन बन्ने भएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।

डीपीआरअनुसार संसद् भवन बनाउन ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लाग्नेछ । हाल पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेशसभा सञ्चालन हुँदै आएको छ । नयाँ बन्ने भवनमा दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हल हुनेछ । भवनको भुईँतला एक हजार आठ सय ४६ वर्गमिटर, पहिलो तला एक हजार चार सय ९६ र दोस्रो तला सात सय ३९ वर्गमिटरका हुने बताइएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x