सीआईबी प्रमुख ज्ञवालीमाथि अनिवार्य अवकाशको मुखैमा कारबाहीको त्रास
सिङ्गो प्रहरी संगठनलाई आफ्नो व्यक्तिगत हित र स्वार्थअनुकूल परिचालन गरेको आरोपमा आईजी सचिवालयअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवालीमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।एआईजी ज्ञवालीलाई प्रहरीभित्रै अर्को आईजीपीको अभ्यास गर्दै समानान्तर संगठन चलाएको, चेन अफ कमान्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणर्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन तस्करी प्रकरणमा आरोपित जीवन चलाउनेसँग आर्थिक लेनदेन गरेको लगायतको आरोपसहित परेको उजुरीमाथि छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले एआईजी राईको नेतृत्वमा पाँच जनाको छानबिन समिति बनाएको बताइएको छ ।
एआईजी ज्ञवालीले सत्ताको आडमा मिडियामा आफूले बर्दी लगाएको फोटो छापिएको भन्दै उजुरी गरेर दुःख दिनुको साथै आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही गरेको आरोप लागेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले चैतमा गृह मन्त्रालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलोको अनुसन्धान गर्दा गम्भीर लापरबाही गरेको प्रतिवेदन बुझाएसँगै तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यलाई हटाएर एआईजी ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो ।उमेरहदका कारण भदौ २६ गते अनिवार्य अवकाशमा जान लागेका एआईजी ज्ञवालीलाई कार्यकालको अन्तिम समयमा आएर विभिन्न आरोपसहित बिदा हुनुपर्ने अवस्था आएको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया