Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


दोधारा चाँदनी (कञ्चनपुर) । बाघको आक्रमणबाट कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाहलाई खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ ।

यसैगरी मङ्गलबार पनि बाघको आक्रमणबाट कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x