Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमकृषि क्षेत्रमा बैंकहरूको ऋण लगानी करिब छ खर्ब

कृषि क्षेत्रमा बैंकहरूको ऋण लगानी करिब छ खर्ब


बैंकहरूले कृषि क्षेत्रमा झण्डै छ खर्ब रूपैयाँ कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका २०८१ जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा पाँच खर्ब ८२ अर्ब ४९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले यस अवधिमा ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा प्रवाह गरेको यो कर्जा कुल कर्जा रकमको १३ दशमलव दुई प्रतिशत हो ।

वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा सात दशमलव नौ प्रतिशत अर्थात् तीन खर्ब ५० अर्ब ७४ करोड रूपैयाँ र लघु, घरेलु तथा साना र मझौला उद्यम क्षेत्रमा नौ दशमलव दुई प्रतिशत अर्थात् चार खर्ब सात अर्ब २८ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रूपैयाँ छ । जसमध्ये कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा २६ प्रतिशत अर्थात् एक खर्ब २५ अर्ब ८३ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स कम्पनीहरूको भने २०८१ जेठ मसान्तसम्ममा लगानीमा रहीरहेको कुल कर्जा रकम ९८ अर्ब ६९ करोड ८० लाख रूपैयाँ छ । जसमध्ये कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जा लगानी रकममध्येको २१ दशमलव छ प्रतिशत अर्थात् १९ अर्ब ३८ करोड कर्जा लगानीमा देखिएको छ ।वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८१ जेठ मसान्तमा औसत पाँच दशमलव ७९ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब सात करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । त्यसैगरी, विकास बैंकहरूबाट आठ दशमलव १६ प्रतिशत अर्थात् ४० अर्ब ३१ करोड र फाइनान्स कम्पनीहरूबाट छ दशमलव ७० प्रतिशत अर्थात् छ अर्ब ५८ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । सरकारबाट ब्याज अनुदान प्रदान गर्नेगरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा एक लाख २३ हजार छ सय ५६ ऋणीलाई प्रवाह भएको एक खर्ब ३४ अर्ब ७६ करोड कर्जा लगानीमा रहेको छ ।

उक्त कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार एक सय ४२ ऋणीलाई ९२ अर्ब छ करोड र ७३ हजार तीन सय ८५ महिला उद्यमीहरूलाई ४० अर्ब ९२ करोड कर्जा लगानीमा रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकिङ क्षेत्रको लगानीमा रहिरहेको कुल कर्जा रकम ४८ खर्ब ५५ अर्ब ४२ करोड १० लाख रूपैयाँ रहेको थियो । यो रकम २०८१ जेठ मसान्तको तुलनामा झण्डै तीन खर्ब रूपैयाँले बढी हो । यस अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहिरहेको कुल कर्जा रकम ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रूपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहिरहेको कुल कर्जा रकममध्येमा वाणिज्य बैंकहरूको मात्र लगानीमा रहेको कुल कर्जा रकम ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रूपैयाँ रहेको थियोे । यसबाहेक विकास बैंकहरूको चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख र फाइनान्स कम्पनीहरूको ९२ अर्ब ३३ करोड १० लाख रूपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x