‘प्रादेशिक सरकारलाई नागरिकले विकासे अड्डाको रूपमा बुझे’
दोलखा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नागरिकले प्रादेशिक सरकारलाई विकास बाँड्ने र माग्ने अड्डाको रूपमा मात्रै बुझेको बताएका छन् । संघीय सरकारले प्रदेशलाई दिने अधिकार नदिँदा प्रदेश सरकारहरू संघीय सरकारका विकासे अड्डाको रूपमा मात्रै सीमित हुन पुगेको बताए । नेपाली कांग्रेसले दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले बागमती प्रदेश सरकारले विकासे अड्डाको रूपमा नभई प्रदेश सरकारकै रूपमा काम गर्ने बताए । प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रूपमा चलाउने गरी वर्तमान प्रदेश सरकार सक्रिय हुने उनको दाबी थियो । ‘संघीयताको मर्मअनुसार प्रदेश संरचना भनेको घर आँगनको सरकार हो’ उनले भने, ‘तर प्रदेशहरू विकास बाँड्ने अड्डाजस्ता मात्रै भए, अब यो सुधार्न आवश्यक छ ।’
मन्त्री काफ्लेले मुलुकका सबै प्रदेशहरू सङ्घीयताको अभ्यासमै रहेकाले प्रभावकारी ढंगले काम गर्नेगरी बागमती प्रदेश सरकार लाग्ने बताए । ‘प्रदेश सरकारको सेवा प्रवाहमा चरम गुनासो रहेको छ’, उनले भने, ‘प्रदेशहरू प्रति नागरिकले गर्व गर्ने गरी काम गर्नुपर्नेछ ।’ यस्तै, उनले दोलखाको विकासका लागि आफू सक्रिय रहने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले जनताको पक्षमा काम गर्न मन्त्री काफ्लेलाई आग्रह गरे । त्यस्तै, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जनताले स्मरण गर्नेगरी काम गर्न अनुरोध गरेका थिए ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया