Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त


काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम शाहलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका छन् । शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित शाह यसअघि विसं २०७९ माघ २७ गते नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत्र २२ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि बनेको नयाँ समीकरणअनुसार गत वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । फेरि गत असारमा केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमतमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सोडारीले राजीनामा दिएपछि सोही दिन मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले आइतबार ५ बजेसम्मको समय तोकेर आह्वान गरेका थिए । सोहीअनुरूप शाहले आइतबार दिउँसो शाहले दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x