आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि यो सम्बन्धी विषयको प्रस्ताव राख्ने व्यवस्था मिलाउन सोमबार प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए । उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको राससलाई जानकारी दिए ।
यही साउन ७ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उनको नेतृत्वको सरकारले पूर्णता पाएको छ । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन्
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया