काठमाडौं विश्वविद्यालय र एम्बिसन गुरुबीच सम्झौता
काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एजुकेसन र ई–लर्निङ प्लेटफर्म ‘एम्बिसन गुरु’बीच सम्झौता भएको छ । देशभरका विद्यालय तथा शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो सम्झौता भएको हो ।
शिक्षण पेसा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तीकरण गर्न विभिन्न प्रशिक्षण पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन गर्न सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यी पाठ्यक्रम शैक्षिक सीप वृद्धि गर्न, मूल्याङ्कन मापदण्ड परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका छन् । शिक्षकलाई नवीनतम उपकरण र विधिसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित दुई शैक्षिक संस्थाबीच हस्ताक्षर भएको हो । यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको काठमाडौं विश्वविद्यालयका असोसिएट डीन प्रकाश भट्टराईले बताए ।
सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापमार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ । यस्तै विश्वविद्यालयले आवश्यकताअनुरुप मूल्याङ्कन उपकरणको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास र शिक्षक तथा नेतृत्वकर्ताको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापनलगायतको काम गर्नेछ । कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरक–फरक समुदायको सहभागिताको पनि सुनिश्चितता गर्नेछ ।
एम्बिसन गुरुका ‘एकेडेमिक डाइरेक्टर’ प्रकाश पाण्डेका अनुसार एम्बिसन गुरुले भने कार्यक्रममा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकलाई पाठ्यक्रम वा कार्यशालामा सहभागी गराउने, कार्यशाला र सत्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिनेछ ।
क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया