Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्याबिनेट निर्णयको किर्ते काण्डमा चार जना संलग्न !

क्याबिनेट निर्णयको किर्ते काण्डमा चार जना संलग्न !


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय कुनचाहिँ सही हो भनेर पत्ता लगाउन न्यायिक आयोग गठन गर्नुपर्ने अवस्था आएको छ । उक्त बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा निर्णय गरेको थियो । तर, त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयमा पत्रचार हुँदा एउटै चलानी नम्बरका दुईखाले मन्त्रालयमा पुगेका थिए । चलानी नम्बर ३२१/६३१६ नम्बरको उक्त पत्रमध्ये पहिलो पत्रमा लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने भनिएको छ भने सोही चलानी नम्बरको अर्को पत्रमा तीनवटा बुँदा उल्लेख गरी कार्यान्वयन गर्न÷गराउन भनिएको छ ।

ती दुवै पत्रको प्रमाणीकरण तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्यालले गरेका हुन् । ती दुई पत्रमध्ये लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने पत्र सक्कली निर्णय हो र तीनबुँदे सर्कुलर नक्कली पत्र हो । मन्त्रिपरिषद्को निर्णयको सक्कल उतारेको पहिलो प्रतिलिपी हटाएर प्रधानमन्त्री दाहालकै निर्देशनमा दोस्रो नक्कली प्रतिलिपी तयार पारेर सर्कुलर गरिएको समाचार स्रोतको दाबी छ । उक्त दिनको मन्त्रिपरिषद्को सही निर्णय कुन हो र कुन निर्णय नक्कली हो भनेर अब छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रिपरिषद्को गत वैशाख २७ गतेको निर्णय उतारमा किर्ते गर्नेमा तत्कालीन मुख्य सचिव अर्याल प्रत्यक्षरूपमा संलग्न रहेको देखिएको छ । उनलाई त्यसरी गलत निर्णय उतारेको पत्र बनाएर सकुर्लर गर्न प्रधानमन्त्री प्रचण्डले लगाएका हुन् । उक्त मन्त्रिपरिषद्को सक्कली र नक्कली दुवै पत्रलाई मन्त्रालयमा इन्डोर्स गर्ने काम तत्कालीन ऊर्जा सचिव तिवारीले गरेका हुन् र सक्कली पत्रलाई रिप्लेस गरेर नक्कली पत्रलाई कार्यान्वयन गराउने प्रयास गरेका हुन् । त्यही नक्कली पत्रलाई तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कार्यान्वयनमा लैजाने निर्णय गरेका थिए ।

घटना विवरणले मन्त्रिपरिषद्को उक्त बैठकको निर्णय किर्ते गरी त्यसलाई कार्यान्वयन गराउन तत्कालीन प्रधानमन्त्री प्रचण्ड, तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्याल, तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र तत्कालीन ऊर्जा सचिव सुशील तिवारीको प्रत्यक्ष संलग्नता देखिएको छ । त्यसैले उक्त किर्ते काण्डको निर्मम छानबिन आवश्यक रहेको देखिएको छ । डेडिकेटेट फिडर र ट्रंक लाइनको बिजुली खपतका टीओडी विवरण मेटाएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूसँग गरेको बार्गेनिङलाई ढाकछोप गर्न प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा उक्त किर्तेकाण्ड भएको थियो ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x