चन्द्रागिरिका स्थायी बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो ।
उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ । नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति थियो ।
गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए । यसैगरी नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई कार्यक्रम संयोजनबापत प्रति रक्तदाता रु. दुई सय पनि उपलब्ध गराउने छ ।
नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि सम्झौता गरेको छ । नगरवासीहरुलाई आवश्यकता पर्दा यी दुई निकायहरुबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरे । उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पुर्याउन नगरपालिकाले उच्च प्राथमिताका साथ काम गरिरहेको छ ।”
प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे । निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिए ।
क्याटेगोरी : समाचार, नगरपालिका
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया