Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुरमा श्रेष्ठ पक्राउ

बैंकिङ कसुरमा श्रेष्ठ पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको न्यूरोडबाट दोलखा भिमेश्वर नगरपालिका–२ घर भई काठमडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x