Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदैनिक छ हजार बढीको कोरोना परीक्षण :संक्रमितको संख्या  ११ हजार एक सय नाघ्यो

दैनिक छ हजार बढीको कोरोना परीक्षण :संक्रमितको संख्या  ११ हजार एक सय नाघ्यो


काठमाडौं,असार १२

सरकारले पछिल्लो समयमा दैनिक छ हजारभन्दा बढी व्यक्तिको कोभिड–१९ को परीक्षण गरिरहेको छ । परीक्षणको दर बढ्दा कोरोना संक्रमितको संख्या पनि दिनहुँ थपिँदै गएको छ । यद्यपि अघिल्लो दिनभन्दा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या भने घटेको छ । बुधबार छ सय २९ जनामा कारोना देखिएकामा बिहीबार भने चार सय ३४ जनमा मात्र देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत असार ४ गते बुधबार एकै दिन छ सय ७१ जनामा कोरोना देखिएको थियो । सो संख्याभन्दा बढी एकै दिन कोरोना देखिएको छैन ।

मन्त्रालयका अनुसार ७६ जिल्लाका ११ हजार एक सय ६२ जनामा कोरोना देखिएको छ । रसुवामा भने बिहीबारसम्म पनि कोरोना भाइरस देखिएको छैन । सरकारले बिहीबार हजार पाँच सय ४३ जनाको परीक्षण गरेको छ । बुधबार हजार आठ जनाको परीक्षण गरेको थियो । विगत केही दिनदेखि सरकारले दैनिक छ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिरहेको तथ्यांक मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । नेपालमा कोरोना देखिएकामा अधिकांश विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्ति छन् । त्यसमा पनि भारतबाट आउनेहरुको संख्या अत्यधिक छ ।

नेपालमा बिहीबार ७४ हजार २२ जना मात्र क्वारेन्टाइनमा छन् । उनीहरु सबैको क्रमशः परीक्षण गरेर घर पठाउने योजना सरकारको छ । कतिपय ठाउँमा रिपोर्ट ढिला आएको भन्दै घर पठाउने गरिए पनि रिपोर्ट आउँदा कोरोना देखिएको कारण अब भने रिपोर्ट नआएसम्म घर नपाठाउने योजना बनाइएको छ । भारतबाट आउनेको संख्या घट्दै गएको कारण क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटेको हो ।

बिहीबारको तथ्यांकअनुसार थप दुई जनाको मृत्यु भएको छ । एक जना स्याङ्जाका र एकजना ललितपुरका छन् । उनीहरु दुवैमा विगतदेखि अन्य रोग पनि थियो । उनीहरुमा कोरोना पनि देखिएको कारण कोरोना संक्रमितको मृत्यु भएको घोषणा सरकारले गरेको हो । अन्य जुनसुकै रोग लागेको भए पनि कोरोना लागेको व्यक्तिको मृत्यु भएमा कोरोना संक्रमितको मृत्यु भएको घोषणा गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

बिहीबार एकैदिन पाल्पाका सबैभन्दा बढी अर्थात् एक सय १५ जना कोरोना संक्रमित फेला परेका छन् । बिहीबार काठमाडौं उपत्यकामा पनि छ जना संक्रमित फेला परेका छन् । काठमाडौमा कोरोना पुष्टि भएका एक जना डोल्पा र एक जना सुनसरीका छन् । उनीहरु केही दिनअगाडि मात्र काठमाडौं आएका थिए । त्यस्तै, सुकेधाराका एक महिला र एक पुरुष तथा थापागाउँकी एक महिलामा पनि कोरोना देखिएको छ । अर्का एक बालक भने गागलफेदीका छन् । उनलाई कोबाट कोरोना स¥यो भन्नेबारे खोजी भइरहेको बताइएको छ ।

संक्रमितमध्ये एक हजार १ सय ४२ महिला र १० हजार २० पुरुष छन् । यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९ महिला र २ सय ७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ६ सय ५० पुगेको छ । आठ हजार ४ सय ८६ जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x