Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअदालतले प्रमाण खोतल्न थालेपछि छाया सेन्टरका सञ्चालक तनाबमा

अदालतले प्रमाण खोतल्न थालेपछि छाया सेन्टरका सञ्चालक तनाबमा


सम्पदाप्रेमी स्थानीय बासिन्दा, मिडिया र अदालतबाट समेत ऐतिहासिक कमलपोखरीमाथि बनेको छायादेवी कम्प्लेक्सको विषयमा उठेको प्रश्नहरूको तथ्य खोतल्न थालेपछि छायादेवी कम्प्लेक्सका सञ्चालकहरू तनाबमा परेका छन् । काठमाडौंको ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको छाया सेन्टरले ऐतिहासिक कमलपोखरीको जग्गा मिचेको विषयमा व्यापक विरोध भएपछि स्थानीयहरूका साथै मिडियाहरूले समेत सम्पदा जोगाउन गुठीको जग्गा छायादेवी कम्प्लेक्सको नाममा कसरी गयो भनेर खोतल्न थालेका थिए ।

२०३३ सालमा भएको नापी र २०३९ सालमा जारी भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर १६७ मा रहेको कमलपोखरी र कित्ता नम्बर १०४० को चोक कायम रहेको जग्गामाथि पृथ्वीबहादुर पाण्डेले आफ्नो आमाको नाममा कम्प्लेक्स बनाएपछि विरोध सुरु भएको थियो । व्यापक विरोधका बीच २०७१ सालमा अधिवक्ता दिपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि यसका सञ्चालकहरू तनाबमा परेका थिए । पछिल्लो समय अदालतले समेत ऐतिहासिक पोखरी मासेर गुठीको जग्गामा कम्प्लेस बनाएको विषयमा निरन्तर सुनुवाइ गर्दै मालपोत कार्यालय र गुठी संस्थानसँग प्रमाण माग्न थालेको छ ।

पृथ्वी बहादुर पाण्डे अध्यक्ष रहेको छाया देवी कम्प्लेक्स प्रालिको सञ्चालकहरू सुहृद राज घिमिरे, दिपक मान शेरचन, रास्वपा नेता सुमन विक्रम पाण्डे, महेश्वर प्रकाश श्रेष्ठे व्यवसाय गर्ने नाममा राजनीतिक संरक्षणको आडमा राज्यकै सम्पत्ति हडपेर बिल्डिङ बनाएपछि यसको लगातार विरोध हुँदै आएको थियो । छायादेवी कम्प्लेक्सको जग्गाको विषयमा अदालतले सोधेको प्रश्नमा मालपोत कार्यालयले पठाएको पत्रअनुसार साबिक नगर २९ किनं १६७ क्षेत्रफलको १२ रोपनी १३ आना ३ पैसा २ दाम, कित्ता नम्बर १०४० को क्षेत्रफलको ९ आना २ पैसा ३ दामको सम्बन्धमा कार्यालयको अभिलेखबमोजिम नाप नक्सा अवस्थाकै सुरु कित्ता भएको भनी पत्र पठाएको छ ।

गुठीको २०४० असार ६ गतेको पत्र र नापी कार्यालयको मिति २०४१ साउन १५ को पत्रानुसार १६७ कित्ता काट भई किनं १६१६ क्षेत्रफलको ६ रोपनी सुधा पौडेल, किनं १६१७ को क्षेत्रफल २ रोपनी १० आना विणा पौडेल र कित्ता नम्बर १६१८ को क्षेत्रफल ९ रोपनी १३ आना २ पैसा २ दामको केयुर शम्सेरकोमा बाँकी देखिन्छ भनी सर्वोच्चलाई पत्र पठाएको छ ।त्यस्तै गुठी लगत तथा तहसिल कार्यालयको २०४४ माघ २१ को पत्रानुसार किनं १०४० र कि.नं १६१८ जग्गा धनीमा अम्बिका राणाको नाममा नामसारी भएको र गुठी लगत तथा तहसिल कार्यालयको च.नं २९९६ र २१९७ को मिति २०४७ माघ १८ गते को पत्रानुसार कि.नं १६१६ र कि. नं १६१७ रैतानी भई शंकरप्रसाद शाहबाट पुन प्रतिमा पाडेकोमा गएको र कि.नं १६१८ कित्ताकाट भई २४१२ सुरेसाय हाउजिङ प्रालिमा गई सो कित्ता प्रतिमा पाडेमा गई प्रतिमा पाडेबाट १६१६, १६१७, २४१२ को मिति २०६५ भदौ २ मा छायादेवी कम्प्लेक्समा गएको देखिन्छ भनी सर्वोच्चलाई जवाफ पठाएको छ ।

त्यस्तै अदालतले साबिक पोता १८३ नं श्री सिंहसार्थ बाहु गरुण भगवान् नाममा दर्ता भएको २६ रोपनी ८ आना जग्गा सो १८३ नम्बर पोता भिडाई जग्गा दर्ता भएको छ कि छैन ? सोको तथ्यगत बेहोरासहित सो पोता भिडाई कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता हाल साबिक भई कसको नाममा कायम रहेको छ ? सोको विवरण गुठी संस्थान कार्यालय वा मालपोत विभागबाट झिकाउन आदेश भएको थियो । सर्वोच्चले सोधेको जो प्रश्नको जवाफमा मालपोत कार्यालयले अभिलेखको ठमेल पोता नं १०६÷९१ श्री गरुड भगवान्को हस्ते कुलबहादुर प्रधान थवहेल रहेको पोतामा कमलपोखरी २६ भएको देखिन्छ भनी जवाफ पठाएको छ ।अदालतलाई मालपोतले छायादेवी कम्प्लेक्सले बनाएको बिल्डिङ कमलपोखरी रहेको सरकारी जग्गा नै रहेको उल्लेख भएपछि राजनीतिक आडमा सरकारी जग्गाको दोहन गरिरहेका यसका सञ्चालकहरू तनाबमा रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x