Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिललितपुरमा जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

ललितपुरमा जसपा नेपालको केन्द्रीय समिति बैठक जारी


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा जारी बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ । सो पार्टीका प्रवक्ता मनिषकुमार सुमानले बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनलगायत विषयमा छलफल चलिरहेको जानकारी दिए ।

यही साउन ३० गतेसम्म सञ्चालन हुने जसपा नेपालको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जानकारी दिए ।

जसपा नेपालले बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जनाएको छ । वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

पार्टीका प्रवक्ता सुमानले पहिचान र राष्ट्रिय÷जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुने जानकारी दिए । उनका अनुसार स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुनेछ ।

जसपाले देशव्यापी रूपमा जनपरिचालन अभियान सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने जनाएको छ ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x