Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतानादेवी गुठीको जग्गा घोटाला प्रकरणमा व्यवसायीद्वारा आत्महत्या

तानादेवी गुठीको जग्गा घोटाला प्रकरणमा व्यवसायीद्वारा आत्महत्या


काठमाडौं महानगरपालिका वडा नं. २४ मा रहेको तानादेवी (तारिणी भवानी) संरक्षण समितिअन्तर्गतको गुठीको जग्गा घोटालामा एक व्यक्तिले आत्महत्या गरेका छन् । नुवाकोट जिल्ला तादी गाउँपालिका ४ घर भई तारकेशवर नगरपालिका वडा नं. ७ बस्दै आएका ५७ वर्षका जग्गा व्यवसायी रामेश्वर दाहालले तानादेवी संरक्षण समितिसँगको विवादकै कारण आत्महत्या गरेको बताइएको छ । भुवन लाल श्रेष्ठ अध्यक्ष रहेको सो समितिले जग्गा व्यवसायी दाहाललाई गुठीको सो जग्गा दिने भन्दै सहमति गरेर त्यसबापत बैना लिएसँगै व्यवसायी दाहालले जग्गामा प्लटिङको काम गरेर जग्गा कित्ताकाट गर्ने अन्तिम समयमा समितिले बेच्न लागेको गुठीको जग्गा नदिने निर्णय गरेको थियो । गुठीको ८ रोपनी जग्गामा मोहीको भाग छुट्याएर दाहालले लिने सहमतिपछि दाहालले समेत जग्गाको टे«स नक्सा बनाएर जग्गा बिक्री गर्न अन्य व्यक्तिहरूसँग बैना लिइका थिए ।

४० लाख बैनाबापत लिएर गुठीले दिने भनेको जग्गा फिल्डमा छुट्याएर कित्ताकाट गर्ने अन्तिम समयमा नदिने निर्णय गरेपछि आफू अन्य धेरै व्यक्तिहरूको बेइमानी हुने, दलाली, फटाहा बनिने तनाबका बीच उनले आत्महत्या गरेको बताइएको छ । जग्गा नदिने बताएपछि तनाबकै कारण आत्महत्या गरेका दाहालको कारणले घटना बाहिर जाँदा समितिलाई समेत अप्ठ्यारो पर्ने भन्दै कार्यसमितिका व्यक्तिहरूको पहलमा उनको बैना रकमसहित थप ३१ लाख रुपैयाँ क्षतिपूर्ति दिने समझदारी गरेर घटनालाई लुकाउने प्रयास गरिएको थियो । संविधानले सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने र धार्मिकस्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक प्रदान गरेको सन्दर्भमा त्यस्तै उद्देश्य राखी खडा गरिएका गुठी सम्पदाको अस्तित्व समाप्त पार्नेगरी गुठीका जग्गाहरू बेच्न नपाइने भनेको अवस्थामा समितिले जग्गा बेन्चे निर्णय गरेर किन्नेले सबै काम गरिसकेपछि नबेच्ने निर्णय गर्नु आफैँमा अर्थपूर्ण रहेको छ ।

करिब दुई सय घरपरिवारको सम्पत्ति रहेको गुठीको बिक्रीपछिको करिब ७१ रोपनी जग्गा समेत पुन सदस्यहरूलाई जानकारी नदिई अध्यक्ष भुवनलाल श्रेष्ठले बिक्री गर्न लागेपछि गुठी संरक्षण अभियानमा लागे व्यक्तिहरूले विरोध गरेपछि गुठीको जग्गा बिक्री गर्न लागिएको सार्वजनिक भएको हो ।गुठीको जग्गा मिलेमतोमा बेच्न महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष भुवन लाल श्रेष्ठले ८५ जना सदस्यहरू रहेको तारादेवी संरक्षण समितिको कार्यसमितिमा भने आफ्नो सालीको छोरा विरेन्द्र काजी श्रेष्ठलाई सचिव, कान्छो छोरा राकेश लाल श्रेष्ठ कार्यसमिति सदस्य र आफ्नो दाइको छोरा प्रिमियर श्रेष्ठलाई सदस्य बनाएका छन् ।
अध्यक्ष भुवन लाल श्रेष्ठले कार्यसमितिमा सबै आफ्ना नजिकका आफन्तलाई ल्याएर मिलेमतो गरी जग्गा बिक्री गर्न लागेको भन्दै समितिका सदस्यहरू मुकुन्द बहादुर श्रेष्ठ, योगेन्द्र मान श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र सुदिप श्रेष्ठले राजीनामा दिएका थिए ।

मिलेमतोमा गुठीको जग्गा बिक्री गर्न लागिएको र जग्गा नदिएकै कारण आत्महत्या गर्न बाध्य पारिएको घटनामा वडा अध्यक्षले भने अनभिज्ञता प्रकट गरेका छन् । काडमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको झिल्के विकासको अन्ध समर्थक समेत रहेका वडा नम्बर २४ का वडा अध्यक्ष विनोद कुमार राजभण्डारीले सो विषयमा के भएको भन्ने आफूलाई जानकारी नभएको आर्थिक दैनिकलाई बताए ।
वडा अध्यक्ष राजभण्डारीको अनुसार उनलाई समेत करिब दुई रोपनी जग्गा बिक्रीको लागि निवेदन आएको र आफूले अध्ययन गरिरहेको बताए ।

गुठीको जग्गा मिलेमतोमा बिक्री गर्नलागेको विषमा विभिन्न सरकारी निकायको साथै अनुसन्धान गरी रोक्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको भए पनि सबैतिर समिति कार्यसमितिका व्यक्तिहरूले विभिन्न माध्यममार्फत उजुरी गरेको ठाउँहरूमा नै प्रभावित पारेपछि सो जग्गा बिक्री रोक्न नसकिने अवस्था आएको गुठी संरक्षण अभियानमा लागेकाहरू बताए । संरक्षण अभियानमा लागेकाहरूको अनुसार जग्गा बिक्री गर्नको लागि आत्महत्या गरेका रामेश्वर दाहालको साथै ध्रुव थापा भन्ने व्यक्तिसँग सम्झौता गरिएकोमा रामेश्वरको निधनसँगै थापासँग सो जग्गा बिक्रीको कार्य अगाडि बढाउन लागिएको छ ।
अध्यक्ष भुवन लाल श्रेष्ठले धु्रव थापामार्फत गुठीको कित्ता नम्बर ७८, २८४ र २८६ को जग्गा बिक्री गर्न १२ करोडको समझौता गरेको भए पनि समतिमा तीन करोड ४३ लाख जति मात्र आउने भन्दै आर्थिक अनियमितता गर्न खोजेको जग्गा संरक्षण अभियानमा लागेकाहरूले आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x