६ किलो लागु औषध चरेस जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ
हेटौडा, जिल्ला प्रहरी कार्यलय मकवानपुर मातहत रहेको इलाका प्रहरी कार्यालय पालुङ्गले ६ किलो चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ गरेको छ। यहि श्रावण २४ गते इलाका प्रहरी कार्यालय पालुङ्गबाट खटिई गएको टोलीले थाहा नगरपालिका वडा नं ३ शिखरकोट बजारमा ना ४ ख ४५६७ नम्बरको बसमा चेकजाच गर्ने क्रममा उक्त लागु औषध बरामद भएको हो।
दुम्सिखर्कबाट हेटौडा तर्फ जादै गरको उक्त बसमा सवार भइ आएका दुइ भारतीयहरुले तिघ्रामा बाधी लुकाइरहेको अवस्थामा उक्त ६ केजी लागु औषध चरेश जस्तो पदार्थ फेला परेको हो। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने हरुमा भारत सितामडी वडा नं ९ बस्ने ४५ बर्षिय सुदिर सिंह र यहि वार्ड नं ८ बराही बस्ने ६८ बर्षकी रेनुदेबी चौधरी रहेकी छिन्। निजहरुलाई सम्मानित जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया