Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदरवारमार्ग प्रहरीले मोटरसाइकललाई ठक्कर दिने बस भगायो

दरवारमार्ग प्रहरीले मोटरसाइकललाई ठक्कर दिने बस भगायो


काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी दरबारमार्गका एक कर्मचारीले आइतबार पुरानोबसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिने बा३ख ८८७ नम्बरको नेपाल यातायातको बसलाई भगाएर पीडित घाइतेसँग क्षतिपूर्ति तिर्न एक घण्टा बीच सडकमै बार्गेनिङ गरेको छ ।आइतबार साँझ करिब ५ः२० बजेको समयतिर घण्टाघरबाट भद्रकालीतर्फ जाँदै गरेका तीन वटा सवारी साधन आपसमा सामान्य दुर्घटनामा परेका थिए । घटना विवरण अनुसार बैभन्दा अगाडि तारकेश्वर यातायातको बस थियो, बीचमा मोटरसाइकल थियो भने सबैभन्दा पछाडि नेपाल यातायातको बस थियो । उक्त तीन वटा सवारी मध्ये पछाडि भएको नेपाल यातायातले बीचमा रहेको बागमति प्रदेश ३ ०४ ०१९० नम्बरको मोटरसाइकललाई च्वास्स छुन्छ ।

लगत्तै मोटरसाइकल अनियन्त्रि हुँदै तरकेश्वर यातायातको बसको पछाडि पाङ्ग्रा नजिकै ठोक्किन पुग्छ । तीन वटै सवारीसाधन एउदै दिशामा अघि बढिरहेको अवस्थामा मोटरसाइकल अगाडिको बस भित्र छिर्नुको पछाडि सबैभन्दा पछाडि रहेको नेपाल यातायातकै ठक्करबाट भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।मोटरसाइकल चालक दीपक बराल सामान्य घाइते भएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । त्यस्तै, तारकेश्वर यातायात बसको पछाडिको पाङ्ग्रानिर सामान्य क्षति पुगेको छ । मोटरसाइकलमा खासै क्षति छैन । तर, दुर्घटनामा स्थलमा आइपुगेको दरमार्ग ट्राफिक प्रहरीले उल्टै शरिरमा चोट पटक लागेको घाइते अवस्थाका पीडितलाई गाली गलौज गर्दै बसमा पुगेको क्षतिको रकम तिर्न दवाव दिएका छन् । त्यसरी दवाव दिने ट्राफिक प्रहरीको परिचय खुलेको छैन । ट्राफिक प्रहरीका हवल्दार भन्ने सम्म बुझिएका ति कर्मचारीले ठक्कर दिने नेपाल यातायातलाई भगाएका छन् ।

पीडितले दिएको जानकारी अनुसार ठक्कर दिने नेपाल यातायातको बा३ख ८८७ नम्वरको बसलाई भगाएर बाँकी रहेको दुई वटा पीडित पक्षलाई दरमार्ग प्रहरी कार्यालयमा मिलापत्र गराएर पठाइयो । तारकेश्वर बसको घटनामा कुनै दोष थिएन, तर उक्त बस मोटरसाइकलले क्षति पुर्याएको थिाये । बसको पछाडिको बम्पर्डमा सामान्य क्षति भएको भन्दै बसधनीले पाँच हजार रुपैयाँ माग गरेकोमा घट्नामा शारिरिक रुपमा चोट पटक लागेको दीपक बराललाई चार हजार रुपैयाँ क्षतिपूर्ति तिरेका छन् ।

यद्यपि सिसी क्यामेरा हरेर सही प्रमाणित भएको अवस्थामा नेपाल यातायातबाट असुल गरिदिने आश्वासन दरमार्ग प्रहरीले दिएको छ । तर, रोचक कुरा के छ भने र दरमार्गमाल प्रहरीसँग ठक्कर दिने बस नेपाल यातायातको न कुनै कागजात न लाइसेन्स वा मोबाइल नम्वर केही पनि छैन । मुख्य दोषीलाई भगाएर दुई जना पीडितका बीचमा मिलापत्र गर् भन्ने दरबारमार्ग ट्राफिक प्रहरीको शैली बडो अचम्मको थियो । पुरानोबस पार्कस्थित सकडमा खटिएका ति ट्राफिक आफू २४ वर्षदेखि यही काममा रहेको र बसमा पुगेको क्षतिपूर्ति मोटरसाइकलले तिनुपर्ने भन्दै दवाव दिइरहेका थिए । उनले सिसी क्यामेरा हेरेर क्षतिपूर्ति तिर्छु भन्दा बस एक रात ट्राफिक प्रहरीकोमा राखेको यात्रु चढाएर हुने व्यापार बराबरको क्षतिपूर्ति समेत तिर्नुपर्ने भन्दै धम्की दिइरहेका थिए ।

जनताको जीउ धनको सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरीले नै घाइते अवस्थाका पीडितलाई बीच सडकमा एक घण्टा कुराएर कारवाही गर्ने, बस रोकिएको समयमा यात्रु ओसार पसार गरे बराबरको क्षतिपूर्ति भराउने धक्मी दिइएको पीडितले बताएका छन् । पीडितको मोटरसाइकल दरमार्ग ट्राफिक प्रहरीले नै राखेको छ । जबकी ठक्कर दिने बस कहाँ पुग्यो अत्तो पत्तो छैन ।नेपालको राजधानी काठमाडौंका सडकमा हिड्ने मोटरसाइकल यात्रीहरु यसरी नै बस र ट्राफिकको दादागिरीबाट प्रताडित हुनु पर्ने नै हो त ? आम प्रश्न उठेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x