Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररिलायन्स स्पेनिङ मिल्स आईपीओ प्रकरण : वित्तीय विवरण नै नक्कली, अनुसन्धानका लागि सीआईबीमा पुग्यो फाइल

रिलायन्स स्पेनिङ मिल्स आईपीओ प्रकरण : वित्तीय विवरण नै नक्कली, अनुसन्धानका लागि सीआईबीमा पुग्यो फाइल


रिलायन्स स्पेनिङ मिल्सले सर्वसाधारणका लागि बिक्री गर्न लागेको प्राथमिक सेयर (आईपीओ)को लागि स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा पेस गरेको वित्तीय विवरण नै नक्कली देखिएको छ । सेयर निष्काशनको लागि कम्पनीले पठाएको वित्तीय विवरणमा उल्लेख भएको कारोबार रकम, सेयरमूल्य र नाफा नै अस्वाभाविक देखिएको भन्दै बोर्डले थप अनुसन्धानको लागि रिलायन्स स्पेनिङको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पठाएको छ ।

कम्पनीले पठाएको वित्तीय विवरण झुटो, कपोकल्पित र जालसाझीपूर्ण रहेकाले थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्नको लागि उक्त फाइल सीआईबीमा पठाएको बोर्ड स्रोतको भनाइ छ । बोर्डले २०८१ असार १२ गते रिलायन्स स्पेनिङ मिल्सलाई प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा मूल्य कायम रहने गरी साधारण सेयर निष्काशन गर्न अनुमति दिएको थियो । बोर्डको अनुमतिअनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि असार २७ गते एक लाख १५ हजार पाँच सय ९६ कित्ता साधारण सेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । तर, त्यसअघि असार २४ गते नै उक्त कम्पनीले अस्वाभाविक सेयरमूल्य राखेर साधारण सेयर निष्काशन गर्न लागेको भन्दै सीआईबीमा उजुरी परेपछि सेयर निष्काशन प्रक्रिया अवरुद्ध भई अनुसन्धान प्रक्रियामा गएको थियो । सोही क्रममा कम्पनीको वित्तीय विवरण अस्वाभाविक देखिएको र सेयर निष्काशन प्रक्रियाकै लागि नक्कली वित्तीय विवरण तयार पारेको देखिएपछि थप अनुसन्धान गर्नको लागि फाइल सीआईबीमा पेस गरेकोे स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x