Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकिन बढ्दै छ लघुवित्तहरूमा वित्तीय जोखिम ?

किन बढ्दै छ लघुवित्तहरूमा वित्तीय जोखिम ?

निरन्तर उकालो लाग्दै निष्क्रिय कर्जाको ग्राफ


लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले आइतबार राजधानी काठमाडौंमा एउटा कार्यक्रम गर्यो । ‘ऋणमुक्त जनता, ऋणमुक्त देश, त्यसपछि आउँछ विकासको भेल’ भन्ने नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा सघर्ष समितिका संरक्षक अगस्त अधिकारीले अहिले देशमा २७ लाख लघुवित्तपीडित, दुुई लाख कालोसूची, पाँच लाख सहकारीपीडित र त्यति नै संख्यामा मिटरब्याजपीडित रहेको बताए । यद्यपि उनको त्यो तथ्याङ्क कहीँकतैबाट ठोसरुपमा पुष्टि भने भएको छैन । पुष्टि नभए पनि ग्रामीण क्षेत्रमा ठूलो जमात लघुवित्तपीडित रहेको र ती पीडितहरूले आत्महत्या समेत गरेको धेरै घटनाहरू यसअघि सावर्जनिक भइसकेका छन् ।

लघुवित्तविरुद्धको आन्दोलन र घटनाक्रमले गर्दा लघुवित्त संस्थाहरूप्रतिको आम ग्राहकको जनविश्वास घट्दै जाँदा लघुवित्त संस्थाहरूमा वित्तीय जोखिम समेत बढ्दै गएको लघुवित्त संस्थाहरूको अपरिष्कृत वित्तीय विवरणबाट देखिएको छ । नेपालमा हाल सबै किसिमका गरी ५५ वटा लघुवित्त संस्थाहरूले वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् । तीमध्ये २६ वटाले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा एकाधबाहेक सबैजसो संस्थाहरूमा निष्क्रिय कर्जा बढ्नुले पनि लघुवित्त संंस्थाहरूमा वित्तीय जोखिम बढेको देखिएको हो । अपरिष्कृृत वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा आव २०८०/८१ मा तीन दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा एक प्रतिशतले बढी हो । अघिल्लो वर्ष दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय थियो । सपोर्ट, गुराँस र हिमालयन लघुवित्त वित्तीय संस्थाहरूमा भने पछिल्लो अवधिमा क्रमशः एक दशमलव ६३, दुई दशमलव ४६ र तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ८३, छ दशमलव ३६ र दुई दशमलव ३७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा आत्मनिर्भर, फष्र्ट र लक्ष्मी लघुवित्त वित्तीय संस्थाहरूमा पनि क्रमशः १३ दशमलव २२, दुर्ई दशमलव शून्य साात र सात दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः सात दशमलवव ५८, शून्य दशमलव ६६ र आठ दशमलव ३६ प्रतिशत थियो । मेरो माइक्रोफाइनान्स, युनिक, एनआईसी एसिया र मिथिला लघुवित्त वित्तीय संस्थाहरूमा पनि आर्थिक वर्ष २०८०/८१ मा क्रमशः सात दशमलव ६४, १२ दशमलव ७४, नौ दशमलव ९२ र तीन दशमलव ३९ प्रतिशत निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा भने यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः पाँच दशमलव ८४, १४ दशमलव ७१, दशमलव २७ र चार दशमलव ७८ प्रतिशत रहेको थियो । कालिका, नेसनल, आशा र उपकार लघुवित्त वित्तीय संस्थामा पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ७९, तीन दशमलव २५, चार दशमलव ८१ र दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा क्रमशः चार दशमलव ८५, तीन दशमलव ६३, तीन दशमलव ६० र दुई दशमलव १२ प्रतिशत निष्क्रिय कर्जा थियो । पछिल्लो अवधिमा नेरुडे, इन्फिनिटी, महिला र फरवार्ड लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः छ दशमलव ६०, पाँच दशमलव २९, तीन दशमलव शून्य दुई र छ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा क्रमशः पाँच दशमलव शून्य पाँच, आठ दशमलव १५, पाँच दशमलव ६९ र चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

आव २०८०/८१ मा ग्लोबल आईएमई, महुली, स्वरोजगार र स्वालम्बन लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः तीन दशमलव ९०, तीन दशमलव ९४, पाँच दशमलव ५६ र सात दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ३०, चार दशमलव ९४, चार दशमलव ७४ र आठ दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । ग्रामीण विकास, साना किसान र गणपति लघुवित्त वित्तीय संस्थामा भने पछिल्लो अवधिमा क्रमशः छ दशमलव ६५, दुई दशमलव १८ र चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः नौ दशमलव ९५, शून्य दशमलव ६१ र आठ दशमलव ११ प्रतिशत थियो ।


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x