Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमधेसका मुख्यमन्त्रीद्वारा आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय

मधेसका मुख्यमन्त्रीद्वारा आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय


धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलले जनाएको छ । साथै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।

उक्त कार्यालयले यही साउन २२ गते गठित मन्त्रिपरिषद्मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको जनाएको छ । मधेसमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x